Saturday, June 12, 2021

अन्तराष्ट्रीय बालश्रम बिरुद्धको दिबस मनाइदै बालबालिका श्रम गर्दै

World Day Against Child Labour 

 एउटा उमेर समुह जसलाइ हामी संवेदनसिल समय रेखा मा राखेर हेर्ने गरिन्छ । देशका कर्णधार मानीने बालबालीकाहरु आज पनी सडकमा प्लास्टीक बटुल्दै हिड्न बाध्य छन ।

 आधारभुत शिक्षा बाट बञ्चीत उनीहरु आज पनी ट्रक बस का ढोका मा झुन्डीएर भाडा उठाउदै गरेका देखीन्छन । होटल उद्योग कलकारखाना, इट्टा भट्टी कोइला खानी हरु अझै पनी बाल श्रम गराउन उद्धत छन् ।

नेपाल लगायत बिश्व भर का देशहरुले १६ बर्ष मुनीका बालबालीकाहरुलाइ श्रम मा लगाउन बर्जीत गरेको छ । नेपालमा बालबालीकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ बर्ष मुनिका प्रत्यकलाइ बालबालिका भनेर परीभाषीत गर्दै कोही पनी बालबालिकाहरुलाइ आयआर्जन का लागी श्रम गर्न या श्रमिक बनाउन बर्जीत गरेको छ ।

 कठीन प्रकारका बालश्रम बिरुद्ध अन्तराष्ट्रीय श्रम संगठनको महासन्धी र श्रममा संलग्न हुने न्युनतम उमर सम्बन्धी महासन्धी लाइ सन् २००२ मा अनुमोदन गरेको स्मरणमा हरेक बर्षको १२ जुनलाइ बालश्रम बिरुद्धको दिबसका रुपमा संसार भरी मनाइने गरीन्छ । नेपालले पनी अन्तराष्ट्रीय श्रम संगठन आइएलओ कन्भेन्सनको भाग १३८ मा हस्ताक्षर गरी एैक्यवद्धता जनाएको छ। यस अनसार बालबालीकाहरुले हप्ताको १४ घण्टा काम गर्न सक्नेछन तर उनीहरुको नियमित शिक्षा स्वास्थ्यमा भने हानी पुग्न हुदैन । 

बाल श्रम गराउनु दण्डनीय कार्य भनेर कानुनमा प्रस्ट रुपमा लेखीय पनी बर्षेनी लाखौ लाख बालबालीका श्रम गर्न बाध्य छन भने २० हजार बडी बालबालीका निकृष्ट  प्रकारका श्रम गरीरहेको तथ्यांक हरु बताउछन तर पनी सरकार तथा सरोकारवालाहरुले उचीत कदम चाल्न सकेको देखीदैन ।

 देशको भबिष्य नै बालबालीकाको बर्तमान अबस्था ले निक्र्योल गर्ने हुदा समय मै बालबालीका को हक अधिकार सुनिस्चीत गरी बालश्रम अन्त्य गर्नु आजको आबस्यकता हो । 

यस जुन १२ मा बिश्वभरी मनाइने अन्तराष्ट्रीय बालश्रम बिरुद्धको दिबसले नेपालमा पनी बालबालिकाहरुलाइ श्रम मुक्त गर्न आजै देखी आवस्यक कदम चाल्न सकोस् ।

Saturday, June 5, 2021

बिस्व बाताबरण दिबस || world environment day issue

 



;Dk'0f{ ljZjnfO{ kof{a/0f sf] ;'/Iff lsg rflxG5 eGg] s'/f hfgsf/L u/fpgsf] nfuL ;+o'St /fi6« ;+3sf] cfJxfg df ;g\ !(&# b]vL ljZj jftfj/0f lbj; dgfpg ;'? u/LPsf] xf] .

jftfj/0f ;+/If0fsf nfuL ljZjd} /fhgLtLs / ;fdflhs hgr]tgf hufpg] p4]Zosf ;fy ;g\ !(&@ sf] % h'g b]vL !^ h'g ;Dd ;+o'St /fi6«;+3 sf] dxf;efn] ljZj jftfj/0f ;Dd]ngsf] cfof]hgf u/]sf] lyof] . ;Dd]ng sf] Ps aif{ k5L jftfj/0fLo ;+/If0f sf] cfj:ostf dx;'; u/L % h'g !(&# df kxLnf] k6s ljZj jftfj/0f lbj; dgfpg ;'? u/LPsf] xf] .

a8\bf] jftfj/0fLo k|b'if0f lrGtf sf] laifo agL/xbf ef}tLs ljsf;sf ultlawL csf]{ r'gf}tLsf] laifo ag]sf] 5 .



Thursday, June 3, 2021

जिबनको खोज कति गहिराइमा



 थाहा छैन जिबनको खोज कति गहिराइमा पुगेर गर्ने , भुत मा डुबुल्की मार्ने या भबिस्य मा बेग हान्न योजना बनाउने ,बर्तमान जे चली आएको छ या चल्दै छ एस्लाई कसरी नकार्ने ,फेरी खोजको बिषय पनि त व्यक्तिगत हुन्छ।

कसलाई थाहा छ जिबन को यो बिन्दु नै महत्तोपुर्ण छ भन्ने कुरा, हामी भोलिको लागि सबै दाउमा लगाएर बाच्छौ जब कि भोलि बाच्ने आस मा आज को सुखद पल छुटी रहेको हुन्छ । फेरी आज भन्दा दोब्बर अकल्पनीय जिन्दगी भोलिको लागि बाच्ने आशा गरि रहेका हुन्छौ ।

मैले देखेका आशा रुपी तारा हरु पनि त आशा मै बिलाएका छन, जसले केहि चहकिलो प्रकाश बोक्दै थिए । यो अर्थमा जिबन मा आशा गर्नु हुदैन भन्ने चाही पक्कै होइन , समय बलबान छ तर समय भन्दा बलबान बन्ने मुर्खता गर्नु पनि त सन्तुलित जिबन होइन।

जिबन को खोज येही नै हो भन्ने कुरा एक छिन छोडेर जिबन मा भै परि आएका घटनाक्रम का अर्थ खोज्ने र तिनै अर्थ हरुबाट जिबन को धार लाइ पछाउन सके पक्कै पनि खोज सार्थक बन्थ्यो । भन्न सकिन्छ, चाहे शब्द मा व्यक्त गर्न या भौतिक रुप् मा आकार देखाउन नसके पनि एउटा चरम सन्तुस्टी को सुगन्ध चाहि पक्कै मिल्ने थियो।

म बाच्ने बाताबरण मा फुलेका फुल र माटो बाट बाट आउने गन्ध ले जति लट्ठ बनाएको छ त्यो भन्दा बडी या फरक म भन्दा परको बाताबरण मा नहोला कसरि भन्न सकिन्छ । त्यो पनि त मेरो सरिर ले ग्रहण गर्न सक्षम छ लालायित छ, मेरो आत्मा ले पक्कै बुझेको छ ।
येसैले त मन नया नया रस्वोस्वादन गर्न भौतारिएको छ , भौतारिन्छ ।

साएद, जिबन को खोज लाइ येही मनोदशा ले कति गहिराइमा पुर्याउने वा कति छोट्याउने भन्ने निर्क्योल गर्छ होला।
हामी आफै ले आफुलाई आत्ममूल्यांकन गरेर स्वयम लाइ जिबनको कति गहिराइ मा पाउछौ त्यो भने ब्यक्तीको नितान्त व्यक्तिगत कुरा हो जो म यहाँ ब्येक्तिगत रुप मा ब्यक्त गर्ने प्रयास गरे..........
-लक्ष्मण लक्ष्य



Sunday, September 27, 2020

आज बिस्व पर्यटन दिबस, Tourism for Inclusive Growth यो वर्षको नारा


लक्ष्मण 'लक्ष्य'

हरेक बर्ष आज कै दिन (September 27 )मा विश्व भर मनाइने बिस्व पर्यटन दिबस नेपाल मा पनि  मनाइदै छ। 

Covid 19 को मार मा थला परेको बिस्व पर्यटन ब्यबसाय नेपालमा पनि नराम्रो संग थलियको छ। नेपालको कुल ग्रहस्थ उत्पादनको ६ दशमलव ७ प्रतिशत योगदान दिदै आएको पर्यटन क्षेत्रले ११ लाख रोजगार नेपालमै सृजना गरेको पनि दाबी गरिन्छ तर पर्यटनको क्षेत्रमा सोचे जति बिकास भने अझै हुन सकेको छैन।



कोरोना माहामारी ले पर्यटन क्षेत्र थलीय पनि
नेपालको पर्यटनलाई उकास्न  सरकारले 'पर्यटनको लागि हाम्रो देश, घुमौ देश, चिनौ परिबेश' भन्ने नाराका साथ पर्यटन पुनरुत्थान को अभियान पनि सुरु गरेको छ। यो एक सकारात्मक पहल कदमीको रुपमा लीन सकिन्छ।


अबको समय हामि आ आफ्नो स्थान बाट हाम्रो परिबेशमा रहेका पर्यटकीय गंतव्य को खोजी तथा सम्भाब्यता अध्ययन गर्नु अति आबश्यक छ।



अहिले को अवस्था मा जब सम्म हामि आन्तरिक पर्यटन को प्रबर्धन गर्दैनौ तब सम्म बिदेशी पर्यटक भित्राउन र आकर्षित गर्न सक्दैनौ एसर्थ हामि आफै ले पहल कदमी गर्नु पर्ने देखिन्छ।



पछिल्लो समय नेपाल कै पर्यटकीय गंतव्यको रुपमा चिनीदै आएको पर्बत जिल्ला को पर्यटकिया भबिष्य उज्जल देखिन्छ। यहां का अग्ला लामा झोलङ्गे पुल, गुफा , नदी, हरिया डाँडाकाडा तथा पदमार्ग गर्न लायक लेक हरू र साथै अहिले सम्पन्न बंजी जम्प पर्बतको बिसेस आकर्षण रहेको छ।



अबको समय हामि जति सक्दो बाह्य पर्यटक हरू नेपाल भित्राउने र आफ्नो जिल्ला ले त्यसबाट फाइदा लिने समय हो, आंतरिक पर्यटन को जति सक्दो प्रबर्धन गर्ने कार्यक्रम गर्न सके पक्कै पनि आउने दिन हरुमा पर्यटन क्षेत्र ले फड़को मार्ने थियो।





Sunday, September 20, 2020

एक नया काम को सुरुवात Kalanjar Farm Stay पर्बत जिल्ला मैं Agro- Tourism Destination बन्न सक्ने




लक्ष्मण 'लक्ष्य'


पर्बत कुस्मा नगरपालिका १ पांग को युबा हरू मिलेर नया सोच का साथ सुरु गर्न गई रहेको कालंजर फार्म स्टे ले थप आकर्षण थप्ने भएको छ।



समुन्द्रिक सतह बाट करीब १९५० मीटर को उचाई मा स्थित यस पांग पुलामी स्वरा कुस्मा बाग्लुंग सड़क खण्ड बाट 2 घण्टा को दुरिमा पर्दछ।



साथी नारायण आचार्य सहित को टीम ले agro - tourism concept मा आधारित यस काम को थालनी गरेको भन्ने खबर पाए पछी  Discover Parbat सँगै हामि त्यहा पुगेको थिएउ, 



कुस्मा पर्बत लगायत बाग्लुंग बजार र अन्य डाडा काडा हरुको पनि मनमोहक दृश्य अबलोकन गर्दै अर्गानीक परिकार को समेत स्वाद लीन पाइने तथा कृषि र पशुपालन ब्यबसाय लाई आधुनिकता दिने मुख्य उद्देश्य का साथ सुरु गर्न थालियेको यस ब्यबसाय अहिले प्रारंभिक चरण मै छ, 



सरकारी अनुदान अहिले नलिएको र जति सक्दो स्थानीय स्रोत साधन कै प्रयोग गरेर ब्यबसाय अघी बढाउने कुरा नारायण आचार्य बताउछन।



हामी ले हाम्रै ठाउँमा बसेर पनि कृषि क्षेत्र बाट पर्यटन ब्यबसाय गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भबिष्यमा यो पनि बन्न सक्ने छ। नारायण आचार्य र उहाँको टीम लाई शुभकामना।



thank you for your warm welcome and we wish all the best Narayan Achary and friends.


Monday, September 14, 2020

बाल दिबसको औचित्य के, बाल अधिकार बाट बंचित छन बालबालिका

 


लक्ष्मण 'लक्ष्य'

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा मनाउन थालिएको राष्ट्रीय बाल दिबस अघिल्लो बर्ष जस्तो बिबिध कार्यक्रमका बीच मनाएको देख्नमा आएन।




कोरोना माहामारिका कारण बालबालिकाहरूको लागि ल्याइने कतिपय सरकारी तथा गैर सरकारी कार्यक्रमहरू यस बर्ष पूर्ण रुपमा  हुन पाएका छैनन।
एद्दपि,
विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस बर्ष पनि राष्ट्रिय बाल दिवस २०७७ यदा कदा मनाइँदै छ ।

कोरोना माहामारीका कारण यस बर्ष बालबालिका हरू शिक्षा को अधिकार बाट बंचित नै भएको जस्तो अबस्था छ, स्कूल विद्यालय हरू पुर्ण सुचारू हुन नसक्दा बालबालिका घर मै बस्न बाध्य छन र यो सँगै उनिहरुको पढ़ने बानी हराउने र मानसिक रूप मै अस्वस्थ हुने हुन की भन्ने चिंता पनि थपीएको छ।




हरेक बर्ष बाल अधिकारका विषयमा सरकारी स्तर मैं बहस हुने गरेतापनि बालबालिकाको क्षेत्र मा ठोस कदम चालेको पाईदैन, केहि योजनाहरू बजार क्षेत्रमा मात्रै सिमित रहने र गाउ तथा दूर दराजमा रहने बालबालिकाहरू सम्म पुग्न नसक्ने एक समस्या रहदै आएको छ। 




बालबालिका को मनोभावना नबुझ्नु र उनीहरु प्रति हुने गरेका यातना, बाल श्रम तथा अन्य सामाजिक कुरीति हरू प्रति चासो नादिनुले दिनानुदिन बालबालिका कुलतको सिकार हुदै गएको गाउ समाजमा प्रष्ट देख्न सकिन्छ तर उनीहरुको उद्दार तथा चेतना बिकाश गर्ने कुनै पनि कार्यक्रम हुने गरेको पाईदैन।

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

https://youtu.be/t3VekIiOr0Y

बाल दिबस का नाम मा सामान्य कार्यक्रममा गरिने भाषण होइन संबंधित क्षेत्र मै पुगेर बालबालिका को हितका कार्यक्रम चलाउन सके मात्र बाल दिबस को औचित्य हुने थियो।


Thursday, September 10, 2020

पर्बत कुस्माको पांङमा पार्बती गुफा, संरक्षण र प्रबर्धनको आबस्यकता (फ़ोटो सहित)

 


लक्ष्मण लक्ष्य

पर्बत जिल्ला को कुस्मा नगरपालिका वार्ड नं १ र २ पाङ खुर्कोट को सिमा मा पर्ने यस पौराणिक महत्व बोकेको पार्बती गुफामा हाल मन्दिर निमार्ण भएको छ, पौराणिक कालमा माता पार्बती ले यस गुफा मा आई तपस्या गरेको भन्ने किंबदंती स्थानीय जनमानस मा रही आएको छ। श्री पार्बती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समिति ले यस गुफा को संरक्षण तथा प्रबर्धन गर्दै आये पनि यस बारे सबै मा जानकारी पुग्न सकेको छैन।







 हालै सम्पन्न बाग्लुंग पाङ अदुवाबरी झोलङ्गेपुल देखी १ घण्टा पैदल तथा सहस्रधारा देखी ४५ मिनट को दुरिमा पर्ने यस गुफा क्षेत्र को संरक्षण र प्रबर्धन गर्न सके यस गुफाको महत्व अझै बडेर आउने थियो।






Monday, January 27, 2020

गाउँ घर रित्तिए बजार बस्नेहरु विकृतिमा लागे / katha jindagi / people of ...

कथा जिन्दगी
जिबन का येस्ता कैयेउ कथाहरु जो न लेखिन्छन न बोलिन्छन 
मात्र जिबन स्मृति मा मडारिएका हुन्छन, चाहे ति कथा मा केहि खास नहोस तर कोहि व्यक्तिको जिबनमा खास भूमिका 
खेलेका हुन्छन र तिनी हरुको जिबन अनुभब र अनुभूतिले पक्कै हामीहरुलाई पनि केहि पाठ सिकाउन सक्दछ/
हामि यी र येस्तै कथा का पात्र संग उनि हरुको आफ्नै कथा सुन्ने प्रयास गरेका छौ र त्यो कथा जस्ता को त्येस्तै यहाँ प्रस्तुत गर्ने प्रयास 
गरेका छौ/
कास्कीकोट पोखरा बस्ने एक जना बुवा संग को यो सानो कथा!

Friday, August 23, 2019

प्रेम, राजनीति र अध्यात्मको पूर्ण जोड भगवान श्रीकृष्ण

~लक्ष्मण लक्ष्य 
 
हिन्दु धर्म मै सबै का प्रिय भगवान श्री कृष्ण भगवान को आज जन्म दिबस परेको छ, भगवान श्रीकृष्णको राति को १२ बजे पिता बासुदेब र माता देबकी को गर्भ बाट कंशको कारागार मा हास्दै हास्दै जन्म भएको थियो जुन दिन लाई बर्तमान मा पनि हिन्दु हरु ले कृष्ण जन्माष्टमी पर्वको रुपमा धुमधाम का साथ मनाउदै आएका छन!
हिन्दु धर्ममा  कोहि देवताले पूर्ण रुप मा जिबन लाइ उत्सबमय बनाउन प्रेरित गरेका छन् भने ति देवता भगवान श्री कृष्ण हुन/

हामी हिन्दु मात्र नभएर अन्य धर्म मा पनि कृष्ण लाइ महत्तोका साथ लिएको पाइन्छ र कृष्ण र अर्जुन को सम्बाद को रुप मा प्रस्तुत प्रसिद्ध ग्रन्थ गीता संसार ले अपनाएको छ/

बर्तमान अवस्था मा यदि हिन्दु धर्म लाइ अपनाउने हो भने भगवान कृष्ण का हर उपदेश लाइ पालना गर्नु उपुक्त हुन्छ, प्रेम राजनीति र आध्यात्मलाइ को सन्तुलन बाट हामि जिबन लाइ कसरि अर्थ पूर्ण बनाउन सकिन्छ भन्ने कुरा को बोध गर्न सकिन्छ/

जिबन का हर परिस्थिति मा पनि संयमित रहेर समस्या को समाधान गर्नु र पूर्ण रुप मा उत्सब मनाउनु जिबन को सहि अर्थ हो भन्ने शिक्षा भगवान कृष्ण को चरित्र बाट सिक्न सकिन्छ/

प्रेम राजनीति र अध्यात्म को पूर्ण जोड भगवान श्रीकृष्ण को जन्मोत्सव मा सम्पूर्ण मा हार्दिक शुभकामना!!!!!

Saturday, January 12, 2019

आपसी मतभेदमा पार्टी टुक्राउने बिबेकसिल साझा पनि उस्तै

laxmanlakshya.blogspot.com
लक्ष्मण 'लक्ष्य'

देशको राजनीतिक धरातलमा बिभिन्न मतभेद इतिहास देखी नै रहदै आएको छ, यसै धरातलमा टेकेर देशको परिबर्तन गर्छु भन्ने राजनीतिक पार्टी नेपाल मा च्याउ सरह न उम्रेका होइनन तर पार्टी मात्रै उम्रेर देश र जनता को मुहार फेरिने चाइ पक्कै होइन।

 बर्तमान मा आउदा पनि हामीले र हाम्रो पुस्ताको अग्रज हरुले बेहोरेका पुराना पार्टी नै देशका खम्बा हुन भन्न सकिन्छ, इनै पार्टिले बर्तमान सम्म पनि देशको दलिन थामेका छन। देशमा बस्दै गर्दा देशको दलिनमा धमिरा लागेको देख्दा नया पुस्ताले नया देशको नक्सा कोर्नु स्वभाविक हो। एसो हुदै गर्दा पुराना जरो गाडेका पार्टी हरु आफु हरु कमजोर भएको र देश धरासाई हुन लागेको महसूस नै गर्न सकेनन र पुरानै शैली मा उभिई रहे यो नया पीढ़ी लाई पटक्कै मन नपरेको कुरा हो तर बिडम्बना टूलू टूलू हेर्न बाहेक अरु कदम चाल्न सकी रहेको अबस्था छैन।

ऐसै बीच मा नया धारको राजनीति गर्ने र देशको नया खम्बा बन्ने दाउमा उदाएका पार्टी मध्य बिबेकसिल साझा एउटा बलियो प्रतिस्पर्धी को रुपमा देश र जनता बीच उभिएको थियो। यस अघिको चुनाबमा तराजू चीन्ह लिई एकै ठाउँमा उभिएको बिबेकसिल साझा पार्टीका संयोजक उज्वल थापा र रबीन्द्र मिश्र लगाएत अन्य बुद्धिजीवी सहित केहि नया जोश र ऊर्जा बोकेको युबाशक्तिको जमातले केहि परिबर्तन अबश्य ल्याउछ की भन्ने आशा जनता ले गर्न थाली सकेको थियो।

देश बनायेरै छोड्ने हो, सम्ब्रिद्धि हेरेरै मर्ने हो,
अबको आशा बिबेकसिल साझा भन्दै जनताको मन लाई खुल्दुली त गरायो तर नेपालको राजनीतिक परंपरा ले यिनी हरुलाई नी फुटको राजनीति तर्फ धकेल्यो यिनी हरु फुट्न पुगे।

आपसी मतभेदमा देश परिबर्तन को उद्देश्य भुल्नु र आफ्नो बिचार माथि लगाम नलगाउनु अन्य पार्टी जस्तै बिबेकसिल साझाको कमजोरी रह्यो भन्न सकिन्छ। साझा उद्देश्य नै देशको हो भने ब्यक्तिगत मनासाय ले कसरी द्वन्द्व उत्पन्न गर्छ? उसो त कुनै पनि देश को पूर्ण जनताले चाहे अनुसारको देश कुनै पनि बनेको छैन तर देश काल परिस्थितिको माग लाई हरेक राजनीतिक पार्टिले बुझेर त्यसै अनुरूपको कार्यक्रम ल्याउनु पर्ने हो।

 यहाँ आफ्नो ब्यक्तिगत विचारको बाहुल्य नहुने र उक्त विचारको कदर नहुने देखियमा आफु ले काम बाट हात नै झिक्ने नराम्रो प्रब्रिति छ जसले देश अझै पछि परेको बुझ्न सकिन्छ।

लक्ष्य सबै को एउटै हो तर कुन मार्ग पछाउने भन्ने बहस र द्वन्द ले लक्ष्य मैं नपुगी यात्रा टूंगाउन पर्ने स्थिति सबै मा छ। बर्तमान बिबेकसिल साझा पार्टी मा यस्तै देखियो।

 हामी एहि आसा गरौ की जून कुनै देश को राजनीतिक पार्टिले देशको राजनीतिमा नया आयाम थपोस तर देशको आगामी बिकाशका कार्यमा बाधा नबनोस।

Saturday, December 8, 2018

न्याय उम्रन नसकेको नेपाली माटो

लक्ष्मण 'लक्ष्य'

कुरो न न्यायको हो न सरकार को हो, कुरो देशको हो देशका जनताको हो र देशको माटो को हो। माटो मा जस्तो उब्जयो जनताले उस्तै खाये त्यही खाएको बुद्धिले सरकार बनाए, अब यहाँ बर्षौ देखी नेपाली माटो मा अम्लियपन आई सकेको छ, कहिले राणा सासन हटाउन प्रजातंत्र को बिकासिमल हालेउ कहिलै राजतन्त्र चलाउन बहूदलको यूरिया छरेउ त कहिले राजतन्त्र हटाउन गणतन्त्र को कम्पोस्ट मल फालेउ।

यो माटो असुद्धिको कारण सम्पूर्ण नेपाली बाली बिग्रेको अबस्था हो, यहां कोही आएर न्याय हरायो भन्छ भने उसले आफ्नै आँखा हराएको हो किनकी यो सब तन्त्र हरुले लागेको मोतियाबिंदु हो।

देशमा हर किसिमको प्रणाली एथाबत छ तर तार चुटीएको र फ्यूज उडेको प्रणाली लाई हामी हल्लाई हल्लाई चलाउन खोज्छौ, परिणाम काहा बाट राम्रो आउछ, मसीन खराब छ त उत्पादन कहा राम्रो हुन्छ, एसो भन्दै गर्दा देशको सासन ब्यबस्था ब्यक्तिबादी बिचार बाट ग्रस्त बन्यो, सानो देशका साना मान्छे राज्य ब्यबस्था मा पुगेपछि ऊनि हरु ले साना कुरामैं औकात देखाए, देश न ऊभो उठ्न सक्यो न भासीएर भारत हुदै हिन्द महासागर मा डुबयो खैर बिस्व को सिर सागरमाथा रहनाले सधै चुचोरो मात्रै देखियो।

बिषयबस्तु न्यायको हो, बिकाश भन्दा बड़ी न्याय मा रामाउने नेपाली जनता ले न्यायकै खातिर बिभिन्न तंत्रीय बिकासी मल मा बिस्वास गरे क्रान्तिको नाम मा नेपाली माटो लाइ प्रयोग गरे, नेतृत्व ले ऑफ्नो रोजीरोटिको लागि माटो कुलचिये भने सर्बहारा हरु राम्रो उत्पादन होला भन्ने सोचले माटो चलाये।
म अहिले को अबस्थामा नेपाली माटो मा न्याय होइन अन्यायको झार मौलायोको देख्छु, रंग सलक्क परेका फूल, बिरुवा खाने बनमारा जस्ता तंत्रीय झारले तपकेनि मा पारे, फुल्दै गरेका कोपिला माथि बाट घेरा हाले।

अझै पनि समय छ। उम्रिदै गरेका मुना हरु फूल बनेर फल लागूं भन्नको लागि नेपाली माटो लाई एहि अबस्थामा छोड़ी अनाबस्यक झार हटाउनु बाहेक अर्को बिकल्प छैन यसको लागि माटो मा रगतका छीटा पर्नै पर्छ र राज्य सत्ता हुनेले देशको माटो को पाटा पल्टीने गरी जोत्नै पर्छ, तर यहाँ उही झारको बीयू जोगाई उही झार रोप्ने ले देश चलाउछु भन्दै गर्दा देश नै बन्जर भूमि बन्ने हो कि भन्ने संका अझै बडेर जान्छ।
#लक्ष्य

Friday, November 30, 2018

मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना

मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना
लक्ष्मण 'लक्ष्य'

हरेक बर्ष आयोजना गरीने मिसवर्ल्ड प्रतियोगिता यस बर्ष चीन को सानिया मा भै रहेको छ, डिसेम्बर 8 मा 2018 को मिसवर्ल्ड चयन गरीने छ जहाँ अहिले सम्मको प्रतिस्पर्धामा नेपाल बाट प्रतिनिधित्व गरेकी 23 बर्षीय सृंखला खतीवडा मिसवर्ल्ड दाबेदार को रुपमा देखियेकी छन। 121 देश को सहभागिता रहेको मिसवर्ल्ड प्रतियोगिता मा यस बर्ष नेपाल मिसवर्ल्डको इतिहास मैं उत्कृष्ट देखियेको छ।
मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना

सन 1951देखी सुरु भएको Miss World प्रतियोगिता बिस्वका सुंदर महिलाहरुमा बहुमुखी प्रतिभाबान, सर्बश्रेष्ठ सौंदर्य भएका महिला लाई मिसवर्ल्ड को ताज पहिरायेर विजेता घोषित गरिन्छ। यो बर्ष 2018 मिसवर्ल्ड इतिहास को 68 औ संस्करण हो यस अघिको मिसवर्ल्ड भारत की मनुषी चिल्लर ले जीते की थिइन।

यस बर्ष नेपाल बाट प्रतिनिधित्व गर्ने सृंखला खतिवड़ा मिसवर्ल्ड 2018 ऑनलाइन भोटिंग मा 30 प्रतिशत भन्दा बड़ी भोट प्राप्त गरे सँगै नेपाली हरुमा उत्साह छाएको छ, पेसाले आर्किटेक्ट खतिवड़ा को प्रतिभा अहिले बिस्व भर चर्चा मा रहेको छ, मिसवर्ल्ड को मुख्य प्रतिस्पर्धा दिसम्बर 8 मा हुने भएता पनि सृंखला को प्रस्तुति ले मिसवर्ल्ड को ताज नेपाले उठाउने छ भन्ने दाबी समाजिक संजाल हरुमा देख्न सकिन्छ।

मिसवर्ल्ड का प्रतियोगी सुन्दरी हरुलाई भोट गरेर समर्थन गर्नको लागि मिसवर्ल्ड भोट वेबसाइट, भोट एप तथा फेसबुक फन पेज हरुमा सुबिधा दिइएको छ। बेला हो मिसवर्ल्ड नेपाल को, नेपाल लाई बिस्व सामु चिनाउन सृंखला लाई समर्थन गरौ।