Saturday, June 12, 2021

अन्तराष्ट्रीय बालश्रम बिरुद्धको दिबस मनाइदै बालबालिका श्रम गर्दै

World Day Against Child Labour 

 एउटा उमेर समुह जसलाइ हामी संवेदनसिल समय रेखा मा राखेर हेर्ने गरिन्छ । देशका कर्णधार मानीने बालबालीकाहरु आज पनी सडकमा प्लास्टीक बटुल्दै हिड्न बाध्य छन ।

 आधारभुत शिक्षा बाट बञ्चीत उनीहरु आज पनी ट्रक बस का ढोका मा झुन्डीएर भाडा उठाउदै गरेका देखीन्छन । होटल उद्योग कलकारखाना, इट्टा भट्टी कोइला खानी हरु अझै पनी बाल श्रम गराउन उद्धत छन् ।

नेपाल लगायत बिश्व भर का देशहरुले १६ बर्ष मुनीका बालबालीकाहरुलाइ श्रम मा लगाउन बर्जीत गरेको छ । नेपालमा बालबालीकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ बर्ष मुनिका प्रत्यकलाइ बालबालिका भनेर परीभाषीत गर्दै कोही पनी बालबालिकाहरुलाइ आयआर्जन का लागी श्रम गर्न या श्रमिक बनाउन बर्जीत गरेको छ ।

 कठीन प्रकारका बालश्रम बिरुद्ध अन्तराष्ट्रीय श्रम संगठनको महासन्धी र श्रममा संलग्न हुने न्युनतम उमर सम्बन्धी महासन्धी लाइ सन् २००२ मा अनुमोदन गरेको स्मरणमा हरेक बर्षको १२ जुनलाइ बालश्रम बिरुद्धको दिबसका रुपमा संसार भरी मनाइने गरीन्छ । नेपालले पनी अन्तराष्ट्रीय श्रम संगठन आइएलओ कन्भेन्सनको भाग १३८ मा हस्ताक्षर गरी एैक्यवद्धता जनाएको छ। यस अनसार बालबालीकाहरुले हप्ताको १४ घण्टा काम गर्न सक्नेछन तर उनीहरुको नियमित शिक्षा स्वास्थ्यमा भने हानी पुग्न हुदैन । 

बाल श्रम गराउनु दण्डनीय कार्य भनेर कानुनमा प्रस्ट रुपमा लेखीय पनी बर्षेनी लाखौ लाख बालबालीका श्रम गर्न बाध्य छन भने २० हजार बडी बालबालीका निकृष्ट  प्रकारका श्रम गरीरहेको तथ्यांक हरु बताउछन तर पनी सरकार तथा सरोकारवालाहरुले उचीत कदम चाल्न सकेको देखीदैन ।

 देशको भबिष्य नै बालबालीकाको बर्तमान अबस्था ले निक्र्योल गर्ने हुदा समय मै बालबालीका को हक अधिकार सुनिस्चीत गरी बालश्रम अन्त्य गर्नु आजको आबस्यकता हो । 

यस जुन १२ मा बिश्वभरी मनाइने अन्तराष्ट्रीय बालश्रम बिरुद्धको दिबसले नेपालमा पनी बालबालिकाहरुलाइ श्रम मुक्त गर्न आजै देखी आवस्यक कदम चाल्न सकोस् ।

0 comments: