Thursday, June 3, 2021

जिबनको खोज कति गहिराइमा



 थाहा छैन जिबनको खोज कति गहिराइमा पुगेर गर्ने , भुत मा डुबुल्की मार्ने या भबिस्य मा बेग हान्न योजना बनाउने ,बर्तमान जे चली आएको छ या चल्दै छ एस्लाई कसरी नकार्ने ,फेरी खोजको बिषय पनि त व्यक्तिगत हुन्छ।

कसलाई थाहा छ जिबन को यो बिन्दु नै महत्तोपुर्ण छ भन्ने कुरा, हामी भोलिको लागि सबै दाउमा लगाएर बाच्छौ जब कि भोलि बाच्ने आस मा आज को सुखद पल छुटी रहेको हुन्छ । फेरी आज भन्दा दोब्बर अकल्पनीय जिन्दगी भोलिको लागि बाच्ने आशा गरि रहेका हुन्छौ ।

मैले देखेका आशा रुपी तारा हरु पनि त आशा मै बिलाएका छन, जसले केहि चहकिलो प्रकाश बोक्दै थिए । यो अर्थमा जिबन मा आशा गर्नु हुदैन भन्ने चाही पक्कै होइन , समय बलबान छ तर समय भन्दा बलबान बन्ने मुर्खता गर्नु पनि त सन्तुलित जिबन होइन।

जिबन को खोज येही नै हो भन्ने कुरा एक छिन छोडेर जिबन मा भै परि आएका घटनाक्रम का अर्थ खोज्ने र तिनै अर्थ हरुबाट जिबन को धार लाइ पछाउन सके पक्कै पनि खोज सार्थक बन्थ्यो । भन्न सकिन्छ, चाहे शब्द मा व्यक्त गर्न या भौतिक रुप् मा आकार देखाउन नसके पनि एउटा चरम सन्तुस्टी को सुगन्ध चाहि पक्कै मिल्ने थियो।

म बाच्ने बाताबरण मा फुलेका फुल र माटो बाट बाट आउने गन्ध ले जति लट्ठ बनाएको छ त्यो भन्दा बडी या फरक म भन्दा परको बाताबरण मा नहोला कसरि भन्न सकिन्छ । त्यो पनि त मेरो सरिर ले ग्रहण गर्न सक्षम छ लालायित छ, मेरो आत्मा ले पक्कै बुझेको छ ।
येसैले त मन नया नया रस्वोस्वादन गर्न भौतारिएको छ , भौतारिन्छ ।

साएद, जिबन को खोज लाइ येही मनोदशा ले कति गहिराइमा पुर्याउने वा कति छोट्याउने भन्ने निर्क्योल गर्छ होला।
हामी आफै ले आफुलाई आत्ममूल्यांकन गरेर स्वयम लाइ जिबनको कति गहिराइ मा पाउछौ त्यो भने ब्यक्तीको नितान्त व्यक्तिगत कुरा हो जो म यहाँ ब्येक्तिगत रुप मा ब्यक्त गर्ने प्रयास गरे..........
-लक्ष्मण लक्ष्य



0 comments: