Sunday, September 27, 2020

आज बिस्व पर्यटन दिबस, Tourism for Inclusive Growth यो वर्षको नारा


लक्ष्मण 'लक्ष्य'

हरेक बर्ष आज कै दिन (September 27 )मा विश्व भर मनाइने बिस्व पर्यटन दिबस नेपाल मा पनि  मनाइदै छ। 

Covid 19 को मार मा थला परेको बिस्व पर्यटन ब्यबसाय नेपालमा पनि नराम्रो संग थलियको छ। नेपालको कुल ग्रहस्थ उत्पादनको ६ दशमलव ७ प्रतिशत योगदान दिदै आएको पर्यटन क्षेत्रले ११ लाख रोजगार नेपालमै सृजना गरेको पनि दाबी गरिन्छ तर पर्यटनको क्षेत्रमा सोचे जति बिकास भने अझै हुन सकेको छैन।



कोरोना माहामारी ले पर्यटन क्षेत्र थलीय पनि
नेपालको पर्यटनलाई उकास्न  सरकारले 'पर्यटनको लागि हाम्रो देश, घुमौ देश, चिनौ परिबेश' भन्ने नाराका साथ पर्यटन पुनरुत्थान को अभियान पनि सुरु गरेको छ। यो एक सकारात्मक पहल कदमीको रुपमा लीन सकिन्छ।


अबको समय हामि आ आफ्नो स्थान बाट हाम्रो परिबेशमा रहेका पर्यटकीय गंतव्य को खोजी तथा सम्भाब्यता अध्ययन गर्नु अति आबश्यक छ।



अहिले को अवस्था मा जब सम्म हामि आन्तरिक पर्यटन को प्रबर्धन गर्दैनौ तब सम्म बिदेशी पर्यटक भित्राउन र आकर्षित गर्न सक्दैनौ एसर्थ हामि आफै ले पहल कदमी गर्नु पर्ने देखिन्छ।



पछिल्लो समय नेपाल कै पर्यटकीय गंतव्यको रुपमा चिनीदै आएको पर्बत जिल्ला को पर्यटकिया भबिष्य उज्जल देखिन्छ। यहां का अग्ला लामा झोलङ्गे पुल, गुफा , नदी, हरिया डाँडाकाडा तथा पदमार्ग गर्न लायक लेक हरू र साथै अहिले सम्पन्न बंजी जम्प पर्बतको बिसेस आकर्षण रहेको छ।



अबको समय हामि जति सक्दो बाह्य पर्यटक हरू नेपाल भित्राउने र आफ्नो जिल्ला ले त्यसबाट फाइदा लिने समय हो, आंतरिक पर्यटन को जति सक्दो प्रबर्धन गर्ने कार्यक्रम गर्न सके पक्कै पनि आउने दिन हरुमा पर्यटन क्षेत्र ले फड़को मार्ने थियो।





0 comments: