Monday, September 14, 2020

बाल दिबसको औचित्य के, बाल अधिकार बाट बंचित छन बालबालिका

 


लक्ष्मण 'लक्ष्य'

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा मनाउन थालिएको राष्ट्रीय बाल दिबस अघिल्लो बर्ष जस्तो बिबिध कार्यक्रमका बीच मनाएको देख्नमा आएन।




कोरोना माहामारिका कारण बालबालिकाहरूको लागि ल्याइने कतिपय सरकारी तथा गैर सरकारी कार्यक्रमहरू यस बर्ष पूर्ण रुपमा  हुन पाएका छैनन।
एद्दपि,
विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस बर्ष पनि राष्ट्रिय बाल दिवस २०७७ यदा कदा मनाइँदै छ ।

कोरोना माहामारीका कारण यस बर्ष बालबालिका हरू शिक्षा को अधिकार बाट बंचित नै भएको जस्तो अबस्था छ, स्कूल विद्यालय हरू पुर्ण सुचारू हुन नसक्दा बालबालिका घर मै बस्न बाध्य छन र यो सँगै उनिहरुको पढ़ने बानी हराउने र मानसिक रूप मै अस्वस्थ हुने हुन की भन्ने चिंता पनि थपीएको छ।




हरेक बर्ष बाल अधिकारका विषयमा सरकारी स्तर मैं बहस हुने गरेतापनि बालबालिकाको क्षेत्र मा ठोस कदम चालेको पाईदैन, केहि योजनाहरू बजार क्षेत्रमा मात्रै सिमित रहने र गाउ तथा दूर दराजमा रहने बालबालिकाहरू सम्म पुग्न नसक्ने एक समस्या रहदै आएको छ। 




बालबालिका को मनोभावना नबुझ्नु र उनीहरु प्रति हुने गरेका यातना, बाल श्रम तथा अन्य सामाजिक कुरीति हरू प्रति चासो नादिनुले दिनानुदिन बालबालिका कुलतको सिकार हुदै गएको गाउ समाजमा प्रष्ट देख्न सकिन्छ तर उनीहरुको उद्दार तथा चेतना बिकाश गर्ने कुनै पनि कार्यक्रम हुने गरेको पाईदैन।

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

https://youtu.be/t3VekIiOr0Y

बाल दिबस का नाम मा सामान्य कार्यक्रममा गरिने भाषण होइन संबंधित क्षेत्र मै पुगेर बालबालिका को हितका कार्यक्रम चलाउन सके मात्र बाल दिबस को औचित्य हुने थियो।


0 comments: