Sunday, September 20, 2020

एक नया काम को सुरुवात Kalanjar Farm Stay पर्बत जिल्ला मैं Agro- Tourism Destination बन्न सक्ने




लक्ष्मण 'लक्ष्य'


पर्बत कुस्मा नगरपालिका १ पांग को युबा हरू मिलेर नया सोच का साथ सुरु गर्न गई रहेको कालंजर फार्म स्टे ले थप आकर्षण थप्ने भएको छ।



समुन्द्रिक सतह बाट करीब १९५० मीटर को उचाई मा स्थित यस पांग पुलामी स्वरा कुस्मा बाग्लुंग सड़क खण्ड बाट 2 घण्टा को दुरिमा पर्दछ।



साथी नारायण आचार्य सहित को टीम ले agro - tourism concept मा आधारित यस काम को थालनी गरेको भन्ने खबर पाए पछी  Discover Parbat सँगै हामि त्यहा पुगेको थिएउ, 



कुस्मा पर्बत लगायत बाग्लुंग बजार र अन्य डाडा काडा हरुको पनि मनमोहक दृश्य अबलोकन गर्दै अर्गानीक परिकार को समेत स्वाद लीन पाइने तथा कृषि र पशुपालन ब्यबसाय लाई आधुनिकता दिने मुख्य उद्देश्य का साथ सुरु गर्न थालियेको यस ब्यबसाय अहिले प्रारंभिक चरण मै छ, 



सरकारी अनुदान अहिले नलिएको र जति सक्दो स्थानीय स्रोत साधन कै प्रयोग गरेर ब्यबसाय अघी बढाउने कुरा नारायण आचार्य बताउछन।



हामी ले हाम्रै ठाउँमा बसेर पनि कृषि क्षेत्र बाट पर्यटन ब्यबसाय गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भबिष्यमा यो पनि बन्न सक्ने छ। नारायण आचार्य र उहाँको टीम लाई शुभकामना।



thank you for your warm welcome and we wish all the best Narayan Achary and friends.


0 comments: