Thursday, June 7, 2018

मानब जिबनमा योगको महत्व, नेपालमा के छ स्थिति

मानब जिबनमा योगको महत्व, नेपालमा के छ स्थिति।
लक्ष्मण 'लक्ष्य'
चित्तबृत्ति निरोधको एउटै उपाय योग जो नेपाल बाट सुरु भै बर्तमान समयमा बिस्व भर फैलिएको छ। सरीर मन आत्मालाई भगवान संग जोड्ने भौतिक र अध्यात्म बिज्ञानको समग्र जोड़ योग हो। भगवान शिबले आफ्नो ज्ञान पार्बतीलाई बताउदै गर्दाको सम्बाद मक्ष्हिन्द्रनाथले सुनेको र आफ्नो सिस्य गोरखनाथलाई सम्पूर्ण योगको ज्ञान दिएको, जून ज्ञान प्राप्त गरी सकेपछि गोरखनाथले लामो ध्यान पश्चात पहिलो योग ग्रंथ गोरख संहिता लिपिबद्ध गरेको बुझिन्छ। यसरी बिभिन्न चरण पार गर्दै बर्तमान सम्म आई पुगेको योग बिभिन्न देशमा महत्त्व का साथ फैलिएको छ। तर योगको जननी नेपाल यस बारेमा पूर्ण जानकार बन्न नसक्दा हामी आफ्नै पहिचान गुमाउने अबस्थामा छौ।

नेपाल एक हिन्दु रास्ट्र हो, जहा बाट पूर्बिय संस्कृतिको बिकास भयो। यहाँ बिभिन्न पौराणिक तथ्य, धार्मिक, आध्यात्मिक तथा प्राचीन बिज्ञानको जन्म भएको थियो। प्राचीन ऋषिमुनिहरुको ध्यान, तपस्या र खोजले पूर्बिय दर्शनमा आयाम थप्दै सुसंस्कृत बनाउदै आये। बर्तमान सम्म आई पुग्दा आधुनिकताको प्रयोगले कैएउ जीबन प्रक्रियाका महत्वपूर्ण उपलब्धिहरु छोड़िदै गए। देख्न सकिन्छ, हाम्रो आफ्नै संस्कृति, कला, तथा ज्ञानको हरेक कुराहरु बाट हामी बंचित हुदै गएको त छदै छौ र जीबन जिउने र जिबनलाई गहिराई बाट जान्ने क्रिया योगको पनि सही उपयोग गर्न सकी रहेका छैनौ।
मानब जिबनमा योगको महत्व, नेपालमा के छ स्थिति।


बर्तमान समय आधिनिक बिकाश, नया बैज्ञानिक खोज र नया नया प्रयोगले मान्छे यान्त्रिक बनिसकेको छ। उसले गहिराइमा आफुलाई महसूस गर्न सकिरहेको छैन जो मानब जिबनको एक नकारात्मक पक्ष हो। मानिस भौतिक सुख सुबिधाको दौड़मा ऑफ्नो आध्यात्मिक शक्ति गुमाई रहेको छ। यस अबस्थालाई हामी योग संग जोडेर हेर्न सक्छौ। योग मानब जिबनको एक अपरिहार्य क्रिया सिद्ध बनेको छ। शारीरिक मानसिक र आन्तरिक हृदयको समग्र जोड़ले मनिसमा एक भिन्न शक्तिको उत्पन्न हुने गर्छ र एहि शक्ति मानिसको हरेक कार्यमा एक अस्त्र बन्न पुग्छ।

आजको बिस्वले योगलाई जिबनको अपरिहार्यताको रुपमा लियको छ र दैनिक जिबनयापनमा योगलाई नियमित कार्यको रुपमा लिदै आएको छ। नियमित योग साधनाले मान्छेको चेतनाको स्तर बृद्धि गर्नु, सारीरिक तथा मानसिक स्वास्थ्य संतुलन गर्नु, आंतरिक भबनालाई मजबूत गर्नु र स्वयमलाई एक ब्रह्म या भगवानको स्वरूपको रुपमा महसुस गर्ने शक्ति प्राप्त हुने हुदा योग ध्यान साधना पूर्ण जिबनको लागि अति आबश्यक रहेको छ।

नेपाल धार्मिक, सास्कृतिक, कला तथा आध्यात्मिक रुपमा धनी देश हो र नेपालको शक्ति नै एहि हो। हामीले यसलाई बिस्व भर फैलायेर पूर्बिय दर्शनको आतिथ्य लीनु पर्दछ। नेपाल संग सँगै भारत पनि यस क्षेत्रमा राम्रो चासोका साथ लागि परेको छ। भारतका बिभिन्न साधु, गुरु तथा योगी हरुले बिस्व भर प्रचार गरी रहेका छन यो पनि एक सकारात्मक पाटो हो।

नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ बिभिन्न कठिनाई हरु देख्न सकिन्छ। नेपाली समाज अझै पनि पूर्ण शिक्षित छैन, नेपालको प्राचीन भाषा संस्कृत हामीले छोड़ी सकेको र यो सँगै जति पनि प्राचीन दर्शनहरु छन जसको उपयुक्त ब्याख्या गर्न अझै पनि नसकी रहेको अबस्था नेपाली समाजमा विधमान छ। यसै अबस्थाका बाबजूद पनि नेपालका केहि बिद्वानहरु नेपालको संस्कृति जोगाउनु पर्छ र यसलाई अझै परिस्कृत गरेर प्रस्तुत गर्नु पर्छ भनि लागि पर्नु भएको छ जो नेपालको लागि सुखद कुरा हो।

ऐसै बीच नेपाललाई योगको उद्गम थालोको रुपमा विकसित गर्ने र बिस्व भरिको योगको गंतव्य नेपाल बनाउनु पर्छ भन्दै लागि पर्नु भएका गुरु योगी प्रकाश एक हुनु हुन्छ। १२ बर्षको कलिलो उमेर देखी बिहारको योगा स्कूल बाट अध्यन गर्दै नेपालमा पूर्ण रुपमा योग शिक्षणमा खटी रहनु भएको छ र बिदेश सम्म योगको प्रचारमा लाग्नु भएको छ। सन 2001मा योग शिक्षा शिक्षणार्थ स्थापना गर्नु भएको शान्ति योगा आश्रम नेपालमा योगको क्षेत्रमा एक उदाहरणीय कार्य हो। यो सँगै नेपालमा योग सिकाउने करीब ६00 संस्था कार्यरत छन जहा योग अभ्यास गर्न आउने अधिकांश स्वदेशी भन्दा बिदेसिको संख्या बढ़ी छ।
मानब जिबनमा योगको महत्व, नेपालमा के छ स्थिति।
गुरु योगी प्रकाश

नेपाल बाट सुरु भएको योग बर्तमान समयमा बिस्व भर फैलिएको छ तर पनि नेपाली समुदायमा योगा सम्बन्धी उचित ज्ञानको अभाब र दैनिक जिबनमा योगा नगरिनुले नेपालको जनजीबन विक्षिप्त बन्दै गई रहेको छ। यसै अबस्थालाई मध्यनजर गर्दै गुरु योगी प्रकाश नेपालमै योगा स्कूल खोल्न र यस बारे जनचेतना फैलाउने क्रम मा दुबई स्थित नेपाली समुदाय युएई समक्ष योग के हो र यसको महत्त्व के भन्ने बिषयमा प्रशिक्षण प्रदान गर्दै योगी गुरु भन्नु हुन्छ आफुले प्राप्त गरेको ज्ञान हेरेकलाई बाड्नु आफैमा एक धार्मिक कार्य हो। यस कार्यलाई हर नेपाली तथा योगा प्रेमीहरुले आ आफ्नो क्षेत्र बाट उचित सहयोग गर्नु अति आबश्यक रहेको छ, तब मात्रै हामी योगलाई नेपालको मुख्य शक्तिको रुपमा बिकास गर्न सक्छौ।

यो सँगै नेपालमा आजको समयमा योग सम्बन्धी बिभिन्न कार्यक्रमहरु गरिदै आएको छ। बिशेष गरी पाश्चात्य देशहरुले यो बारे बड़ी चासो देखाउनु र नेपाल भारतमा आएर योगको अध्ययन गर्ने रुचि गर्नुले नेपाल तथा भारतमा अझै बड़ी महत्त्वका साथ योगलाई लीन थालिएको छ। यसै अन्तर्गत भारतीय प्रधानमंत्री नरेन्द्र मोदिको प्रस्तावमा जून २१ लाई अंतरास्ट्रीय योग दिबसको रुपमा बिस्व भर मनाउंन सुरु गरियो।

यसरी दिन प्रतिदिन योग प्रति मान्छेहरूको झुकाब बड्नुले प्रष्ट हुन्छ की योग जिबनको अभिन्न अंग हो जसलाई दैनिक जिबनमा अनिबार्य गर्नु आबश्यक छ। योग सँगै ध्यानलाई पनि जोड्न सके जिबनमा आध्यात्मिक विकास हुने र जिबनको रहस्य जान्न सकिने सास्त्रहरुमा उल्लेख छ। हाम्रो अबको जीबनको सफलता धन संपत्ति मात्रै नभएर योग पनि हो र पूर्ण योगको प्रयोगले स्वस्थ र शान्त जीबन प्राप्त हुनेछ। आजै देखी योग गर्ने बानीको बिकास गर्न जरूरी छ।
थप जानकारीको लागि link मा क्लिक गर्नुहोस
https://youtu.be/wCeh8ZYK38Y

0 comments: