Friday, May 18, 2018

दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ- नेपाल कम्युनिस्ट पार्टी

दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी
लक्ष्मण 'लक्ष्य'
नेपालमा क्रान्ति आबश्यक थियो अहिले पनि छ, तर आज सम्म नेपालको राजनीतिक धरातलमा कुनै पनि राजनीतिक क्रान्तिले सन्तोषजन उपलब्धि हासिल गरेको देखिदैन। देश राणाहरूको बहुल्यमा रहदै गर्दा पूर्ण नागरिक स्वतंत्रताको लड़ाई जिंदाबाद भन्दै २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी चार बर्ष नपुग्दै फुट्न गै एक किसिमको फुट र जुटको सिलसिला सुरु गर्यो। मार्क्सबाद, लेनिनबाद र माओबादको समग्र रूप नेकपा स्थापना देखी बर्तमान समय ६९ बर्ष सम्म आई पुग्दा दुइ दर्जनको हराहारिमा फुट्यो कति हद सम्म जुटयो पनि। नेपालमा कम्युनिस्ट पार्टीको बिकाशक्रम हेर्दा पार्टी समग्रमा दुइ धार बाट अघि बढ्दै आयो जो अझै पनि पृष्ट रुपमा देखिएको छ।

पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूह एमाले र पुष्पलाल समुहलाई आरोपित गर्दै अलग्गिएको मोहनबिक्रम सिंह, मोहन बैद्य, निर्मल लामाहरूको समूह नेकपा माओबादी केन्द्र नै बिसेष गरी नेपालका दुइ धार कम्युनिस्ट पार्टी हुन र यी भन्दा बाहीर भिन्न बिचार प्रस्तुत गर्ने अन्य कम्युनिस्ट विचारधारा बोकेका पार्टी पनि छिट पुट सक्रिय देखिन्छन।

कम्युनिस्ट पार्टीको नेपालमा ६९ बर्षे पृष्ठ हेर्दा पार्टी भित्र देशको लागि सही मार्ग निर्देश भन्दा पनि अंतर संघर्षले अघि बढ्दै आएको देखिन्छ जसअनुरूप आन्तरिक  फुट कम्युनिस्टहरूको चरित्र नै बनेको छ।

यो संदर्भलाई नजिक बाट नियालंदै गर्दा नेपाली कम्युनिस्टले नेपालको राजनीतिलाई कुन हद सम्म अघि बड़ाए या नेपालको बिकास तथा सम्ब्रिधि सामान्य जनताको जिबन स्तरमा कति परिबर्तन ल्याउने काम गरे हेर्न सकिन्छ। पार्टी भित्रै आंतरिक रुपमा चल्ने अंतर संघर्षले देशको भबिस्य प्रति नसोचेकै हो भन्न सकिन्छ। बिभिन्न समयमा भएका कम्युनिस्ट नेतृत्वका सरकारको स्थिरतालाई हेर्ने हो भने जनता सामु एक या धेरैमा दुइ बर्ष बड़ी टिक्न सकेनन।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

२०५१ सालको मध्याबधि निर्बाचनमा सबै भन्दा ठुलो दल नेकपा एमाले बने पछि नेपालको पहिलो कम्युनिस्ट प्रधानमंत्री मनमोहन अधिकारी  बनेका थिए। नौ महिनाको अल्पमतको सरकार चलाएको कम्युनिस्ट पार्टिले अर्को नेतृत्व को लागि १४ बर्ष कुर्नु परेको थियो। बिभिन्न समयमा नेकपा माले, एमाले संयुक्त सरकरमा सहभागी भये पनि संबिधान सभाको निर्बाचन पछि नेपालको दोस्रो कम्युनिस्ट प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए र उनी पनि प्रधान सेनापति रूपमांगत कटुवाललाई बर्खास्त गरेको बिबाद सँगै ९ महीना भन्दा बड़ी टीक्न सकेन र उनलाई अर्को कम्युनिस्ट पार्टी एमालेका माधब कुमार नेपालले प्रतिस्थापन गरेका थिए। यो सँगै झलनाथ खनाल, बाबूराम भट्टराई र केपी ओली प्रधानमंत्री बनेका थिए र आजको मितिमा पनि कम्युनिस्ट पार्टीको सरकार केपी ओलीले नेतृत्व गरी रहेको छ।

कम्युनिस्ट पार्टी स्थापना भै सत्ता प्राप्त गरी देश कम्युनिस्ट सासन गर्ने मुख्य उद्देश्य स्वरूप स्थापनाको ४५ बर्षमा पाएको सत्ता किन ९ महीना भन्दा बड़ी फापेन। नेपालमा कम्युनिस्ट ससानको कति आबस्यकता थियो त्यों कम्युनिस्ट ले बुझे बुझेनन जनताले स्वीकार गरे गरेनन! त्यस पछि प्रचण्डले नेतृत्व गरेको जनयुद्ध पश्चात प्राप्त देशको सत्ता पनि ९ महीना भन्दा बड़ी किन टिकेन र आफ्नै कम्युनिस्ट धारले प्रतिस्थापन गर्यो। कम्युनिस्टहरु सत्तालिप्सामा देशको भबिष्य बिर्से। राजनीतिक स्थिरता दिन नसक्नु कम्युनिस्ट हरूको ठुलो गल्ती रह्यो जसको परिणाम देशले भोगी रहेको छ।

माओबादी लगाएत कम्युनिस्टहरुले गरेका आंदोलन र जनयुद्धले देश कति पछि धकेलियो लेखा जोखा कसले गर्ने, युद्धकालमा बंद भएका स्कुलका बिद्यार्थि अहिले बेरोजगारिको शिकार छन, रोकिएका सडकले ग्रामीण क्षेत्रको उत्पादन गाउँमैं कुहियो, स्वास्थ्य क्षेत्र जीर्ण बन्यो बैंकिंग क्षत्र थप्प बन्यो, उधोग ब्यापारको क्षति कसले उल्लेख गर्ने। अब सत्ता प्राप्त गरे पछि कम्युनिस्टले यसको भरपाई गर्ने की नगर्ने? नया बिकाशका योजना प्रस्तुत गरेको खोई, के जनता सधै कम्युनिस्टले दिएको बृद्ध भत्ता र बेरोजगार भत्ता भन्दै ताली पिट्ने?

नेपाल जस्तो देशमा क्रांतिकारी बिचार प्रस्तुत गरी देश लाई बिकाशको बाटोमा डोराउनु आजको आबस्यकता हो, तर नेपाली जनता क्रान्तिकारी कदमलाई कति सम्म स्वागत गर्न सक्छन यो गहिरो बिषयबस्तु रहेको छ।

 राणा साशन देखी अहिले सम्म पनि नेपाल राजनीतिक परिबर्तन मैं अड़की रह्यो, यो समयमा माओबादीको १० बर्षको जनयुद्ध नेपालमा कति सम्म आबस्यक थियो त, अनि यसले प्राप्त गरेको उपलब्धि के हो त यसको विश्लेषण गर्ने की नगर्ने। जनताहरु उखान टुक्कामा रमाएका छन इनलाई कसले बिउझाउने। देशमा अझै परिबर्तनको तरंग आएको छैन।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

त्येति ठुलो जनयुद्ध गरी देश क्षत बीक्षत गरी सत्ता प्राप्त गरेको माओबादिले देखाएको प्रस्तुति के साचीकै सन्तोषजन छ त? के त्यसैको लागि नेपाली जनताले बलिदान दिएका थिए। माओबादीले यसको मूल्य चुकाउन सकेन उसले एमाले संग आत्म समर्पण गर्यो अब एमालेले माओबादीले उठाएका मुद्दा स्वीकार गरेर ऑफ्नो नीति प्रष्ट गर्न सक्छ त? फुट बाकी नै देखिन्छ।

नेपालमा कम्युनिस्ट पार्टी भै लोकतांत्रिक धार समातेको एमाले मात्रै जनताको बिस्वासको कम्युनिस्ट पार्टी भएको मत जितेको छ तर अब आएर प्रचण्ड नेतृत्व कम्युनिस्ट र केपी ओली नेतृत्व कम्युनिस्ट मिलेर एउटै कम्युनिस्ट बनेको घोषणा गर्दै गर्दा अन्य एक दर्जन बाहिरि कम्युनिस्टहरुलाई कसले भोग्ने, देश के कम्युनिस्टको क्यारिमबोर्ड हो जनता खेलाउने? बाहिरी कम्युनिस्ट लाई अब प्रचण्ड र केपीले सम्बोधन गर्ने की नगर्ने देशको हितमा। की अझै पनि बिप्लबलाई, मोहन बैद्यलाई अर्को जनयुद्ध गर्न स्वीकृति दिने। के ऊनि हरु कम्युनिस्ट नै होइनन? नेपाली कम्युनिस्ट सैद्धांतिक र ब्यबहारिक रुपमा आफैमा प्रष्ट छैनन।

घोषणा पत्रमा उत्कृष्ट उत्कृष्ट शब्द राखेर सोझा जनता भुलाउने परम्परा नै छ राजनीतिक पार्टिहरुको जस अन्तरगत कम्युनिस्ट पार्टी पनि सामेल भयो। नेपालको क्रान्तिकारी परिबर्तनको बिभिन्न आन्दोलन सवरूप नाममा बिकाशका कार्य अड़काएको अनुभब नेपाली जनताले प्रत्यक्ष रुपमा गरी सकेका छन।

 सत्ताको लागि मिलेंमतो गर्ने, अंतरास्ट्रीय शक्तिलाई दोष देखाउने र लम्पसार पर्ने प्रबृत्ति हर कुनै राजनीतिक पार्टिमा छ। दक्षिणपंथी कांग्रेस भनेर आलोचना गर्दै जनताको मत जित्ने कम्युनिस्ट बर्तमान समयमा स्वयम बाहिरि शक्ति प्रति लम्पसार छ। एस्तो अबस्थामा नेपाली जनताले कम्युनिस्ट बाट अझै पनि राष्ट्रीय हितमा ठुलो आशा राख्न सकिदैन तथापि देशमा कम्युनिस्ट पार्टी पनि लोकतांत्रिक अभ्यासमा सामेल भएको देख्दा राजनीति मा अब स्थिरता आउला भन्न सकिन्छ। देशमा एक भन्दा बड़ी एकै प्रबति का धारहरु रही रहनु हानिकारक हुन जान्छ।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टीको नया घोषणा सँगै देश फेरी अर्को कम्युनिस्ट आन्दोलनमा नफसोस र प्रतिपक्षमा लोकतांत्रिक दल रही प्रतिस्पर्धा होस। देशको राजनीति स्थिर गर्न जनताको हात महत्तवपूर्ण हुन्छ। जनताले नेपालको राजनीतिलाई सही रुपमा मूल्यांकन गरी ऑफ्नो अमूल्य भोट जाहेर गरोस।

एउटै बिचारमा फुट्ने र जुटने पार्टिले देशलाई कंगाल बनाउछ न सत्ता चलाउछ न पत्तासाफ हुन्छ। जनताको निर्णय नै सर्बाधिक हुन्छ देशमा कुन शक्तिको आबश्यक छ कुन शक्तिले देशको सही दिशानिर्देश गर्छ। जनता द्वारा जनताको लागि सासन होस न कि स्वार्थको लागि सत्ता कब्जा।
laxmanlakshya.blogspot.com
लक्ष्मण 'लक्ष्य'

0 comments: