Sunday, November 11, 2018

Guinness Book of World Record को हिस्सा बन्नु र नेपालबाट प्रतिनिधित्व गर्न पाउनु एक गौरवको बिषय

जीबन एक यात्रा हो, हामी निरन्तर यात्रामा ऑफ्नो जिबनका अमूल्य पल हरु बिताई रहेका हुन्छौ। धर्तीमा पाइला टेके देखी हामी हर किसिमका उतार चढाबयुक्त बाटा हरु हिडी रहेका हुन्छौ, कहिले रहर युक्त त कहिले कहर युक्त पनि। तर सबै क्षण खुसी का र सबै क्षण दुःखका पनि हुदैन। इनै पल पलका अनुभब हरूको समानुपातिक र संतुलित जोड़ ले नै त जिबन आकर्षक बन्छ।

हामी ऑफ्नो गाउ ठाउ र परिबेश देखी हर किसिमका चाहना बध्यात र रहर सँगै टाडा टाडा को बाटो तय गर्ने गर्छौ एसै क्रम मा म पनि केहि आशा केहि रहर र केहि सपना बोकी ऑफ्नो गाउ ठाउ र देश छोड़ी बिदेश पलायन भएको 3 बर्ष बितेछ, यस दौडान मा कैएउ कुरा हरु संग स्पर्श हुने मौका मिल्यो यो जिबनको मिठो अनुभब पनि हो जसको सम्झना मानसपटलमा घूमी रहनेछन मिठो मुस्कान बोकेर।

मान्छे जन्मिय पछि उसले बुझेका र भोगेका कतिपय कुरा हरुले उसलाई अझै गहिराइमा धकेल्छ या भनौ अझै बुझ्ने र जान्ने कौतुहलता पैदा गर्छ सायेद यो नै सफलता को चरण हुनु पर्छ जसले ब्यक्तिलाई उचाईमा पुराउछ।

र जिबन यात्रामा कुनै यस्ता पल आईदिन्छन जसलाई हामी अनुभब त गरिन्छ ब्यक्त गर्न सकिदैन, जून खुशिको पलमा सामेल हुने अबसर प्राप्त गर्नु नै जिबनको एउटा सफलता जस्तो लाग्दछ।

म दुबैमा रहदै गर्दा आफुले 3 बर्ष भन्दा बड़ी काम गरेको सेक्युरिटी कम्पनी ARKAN लाई सम्झन चाहे जसले जिबनको एक अमूल्य Event, Guinness World Record को हिस्सा बन्न दुबैको सिक्योरिटी ग्रुप SIRA को लागि सिफारिश गर्यो जो मेरो लागि अमूल्य अबसर थियो र स्वीकार गरेर कार्यक्रम मा भाग लिनु एक उत्प्रेणा र सफलता थियो।

संसार भरिमा एउटै मात्र रेकर्ड रहने Guinness Book Of World Record को Event मा सहभागिता जनाउनु र सांसार भरिको आकर्षण बन्न पाउनु जिबनको एक सुखद पल लाग्नु स्वभाविक नै थियो र रोमांचक पनी।

यूएईकोflag day को अबसरमा  अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलायेर कंपनी को तर्फ बाट गिनीज वर्ल्ड रेकर्ड राख्न पाउदा खुसिले हर्षित हुनुको साथै धेरै कुरा सिक्न र देख्न पाउनु मेरो लागि अमूल्य पल थियो।

दुबैको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले "Emirates the capital of security and prosperity" भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रम मा दुबै सरकार, दुबै पुलिस दुबै सेक्युरिटी कम्पनी लगाएत अन्य private, public तथा अंतरास्ट्रीय ब्यक्ति तथा संस्थागत टीम  हरूको  उल्लेख्य सहभागिता रहेको थियो, जहा नेपाल बाट म लगाएत कम्पनीका अन्य सहकर्मी साथी हरूले सहभागिता जनाएको थिएउ।


  जहा सात जना सँगै बसेर चलाउन मिल्ने union bike को प्रयोग गरिएको थियो जून Conference Bike Reley भनेर चिनिन्छ। दुबै लगाएत बिभिन्न देशका 2000 ब्यक्तिले आ ऑफ्नो कम्पनी को टीम मार्फत साइकिल चलाएको उक्त कार्यक्रममा November 1 देखी novenber 7 सम्म लगातार साईकल चलायेर 1971किलोमीटर को दूरी 153:23:06 घण्टा मा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाइएको थियो यो सम्पूर्ण सहभागी तथा दुबई सरकार, SIRA र अन्य हरुको लागि पनि अविस्मरणीय पल थियो।

खैर, जिन्दगीमा सफलता भन्ने कुरा एउटा बिषय होला तर हर मान्छे सफल मानिदैन यो त एक सामाजिक सिमा नै भयो जसलाई नछोय सम्म मान्छे सफल मानिदैन उसको नाम र काम को चर्चा हुदैन। र यो सँगै अर्को पाटो ब्यक्तिगत रुपमा पनि त हर कोही सफल छ किनकी उसले ऑफ्नो जिबनलाई सुखमय बनाउन हर प्रयास गरिरहेको हुन्छ र हर कठिन परिस्थिति बाट गुजरियको हुन्छ। उसको सफलता त्यही हो जून अनुभव र बुझाई ऑफ्नो जिबन बाट प्राप्त गर्यो। म स्वयं लाई पनि त्यही कोण बाट हेर्न  मज्जा मान्छु जसले अन्तर मा एक भिन्न रस प्रबाह गर्छ जो अत्यंत शुखमयी हुन्छ।


जब म भिन्न चाहना बोकी केहि टाडा को बाटो पछाये, यो यात्रामा भेटेका मान्छे, परिस्थिति र आफुले गर्दै गरेको काम बाट कैएउ तिता र मीठा अनुभव तथा सम्झना बटुल्ने मौका पाए जसले मेरो जिबन प्रतिको बुझाईलाई अझै बेजोड़ बनाएको महसूस गर्छु, एसै बीच म  रहदै आयको देश यूएई को एउटा मिठो अनुभव सहित मलाई यो world record को अभियान मा साथ दिने र हौसला प्रदान गर्ने मेरा सम्पूर्ण आफन्त, साथीभाई, सहकर्मी ,शुभचिन्तक हरुलाई हृदय देखी सम्झन चाहन्छु, धन्यवाद साथै नमन गर्दछु।

0 comments: