Friday, November 30, 2018

मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना

मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना
लक्ष्मण 'लक्ष्य'

हरेक बर्ष आयोजना गरीने मिसवर्ल्ड प्रतियोगिता यस बर्ष चीन को सानिया मा भै रहेको छ, डिसेम्बर 8 मा 2018 को मिसवर्ल्ड चयन गरीने छ जहाँ अहिले सम्मको प्रतिस्पर्धामा नेपाल बाट प्रतिनिधित्व गरेकी 23 बर्षीय सृंखला खतीवडा मिसवर्ल्ड दाबेदार को रुपमा देखियेकी छन। 121 देश को सहभागिता रहेको मिसवर्ल्ड प्रतियोगिता मा यस बर्ष नेपाल मिसवर्ल्डको इतिहास मैं उत्कृष्ट देखियेको छ।
मिसवर्ल्डको इतिहास मैं नेपालको उत्कृष्ट दाबेदारी, सृंखलालाई शुभकामना

सन 1951देखी सुरु भएको Miss World प्रतियोगिता बिस्वका सुंदर महिलाहरुमा बहुमुखी प्रतिभाबान, सर्बश्रेष्ठ सौंदर्य भएका महिला लाई मिसवर्ल्ड को ताज पहिरायेर विजेता घोषित गरिन्छ। यो बर्ष 2018 मिसवर्ल्ड इतिहास को 68 औ संस्करण हो यस अघिको मिसवर्ल्ड भारत की मनुषी चिल्लर ले जीते की थिइन।

यस बर्ष नेपाल बाट प्रतिनिधित्व गर्ने सृंखला खतिवड़ा मिसवर्ल्ड 2018 ऑनलाइन भोटिंग मा 30 प्रतिशत भन्दा बड़ी भोट प्राप्त गरे सँगै नेपाली हरुमा उत्साह छाएको छ, पेसाले आर्किटेक्ट खतिवड़ा को प्रतिभा अहिले बिस्व भर चर्चा मा रहेको छ, मिसवर्ल्ड को मुख्य प्रतिस्पर्धा दिसम्बर 8 मा हुने भएता पनि सृंखला को प्रस्तुति ले मिसवर्ल्ड को ताज नेपाले उठाउने छ भन्ने दाबी समाजिक संजाल हरुमा देख्न सकिन्छ।

मिसवर्ल्ड का प्रतियोगी सुन्दरी हरुलाई भोट गरेर समर्थन गर्नको लागि मिसवर्ल्ड भोट वेबसाइट, भोट एप तथा फेसबुक फन पेज हरुमा सुबिधा दिइएको छ। बेला हो मिसवर्ल्ड नेपाल को, नेपाल लाई बिस्व सामु चिनाउन सृंखला लाई समर्थन गरौ।

0 comments: