Monday, April 30, 2018

नेपाली चलचित्र: गुणस्तर कति, कलाकार निर्माता र तिनका दर्शक कस्ता

नेपाली चलचित्र: गुणस्तर कति, कलाकार निर्माता र तिनका दर्शक कस्ता
लक्ष्मण 'लक्ष्य'
सामान्यतया मनोरंजनको लागि तयार गरिने श्रब्यदृश्य सामाग्री जसले केहि लामो कथा बस्तुलाई उजागर गरेको हुन्छ त्यसलाई एक फ़िल्मको रुपमा लिने गरिन्छ। फ्रांस बाट सुरुवात भएको फिल्मको इतिहास नेपालमा भने धेरै पुरानो छैन। आधा सताब्दी मात्रै पार गरेको नेपाली चलचित्र जगत अझै पनि संतोषजनक उपलब्धि हासिल गर्न सकी रहेकोको पाईदैन तर पनि नेपाली फिल्मी क्षेत्रमा गरिएका केहि राम्रा कार्यहरु लाई पनि नकार्न सकिदैन।

अंतरास्ट्रीय स्तरमा फिल्मी क्षेत्र निकै नै ब्यापक छ यसलाई एक भिन्न उद्योगको रूपमा पनि लिइन्छ। अंतरास्ट्रीय जगतमा चर्चित हलीवुड फ़िल्म इंडस्ट्री एक एस्तो इंडस्ट्री हो जसले सिंगो बिस्वको फ़िल्म क्षेत्रको प्रतिनिधित्व गर्दछ। साथै हाम्रो छिमेकी देशको बालीवुड फिल्म इंडस्ट्री पनि एक हो।

नेपालमा सर्वप्रथम बी.स २०२१ मा छायांकन भै २०२२ मा प्रदर्शनमा आएको चलचित्र नै नेपालको पहिलो चलचित्र मानिन्छ जो नेपाली सर्बसाधरणले हेर्ने मौका पायका थिए। यस भन्दा अघि पनि नेपाली भाषामा फ़िल्म केहि रुपमा इंडिया मा छायांकन गरी नेपालमा नारायणहिटी दरबार तथा राणा परिवारमा हेर्ने गरिन्थ्यो। जून सत्य हरिश्चन्द्र नामक फ़िल्म २००७ सालमा कलकत्तामा बनि २००८ मा नारायणहिटी दरबारमा हेरिएको थियो।

फिल्म निर्माणमा आबश्यक आधुनिक सामग्री जुटाउन नसक्ने स्थितिमा गुणस्तरिय फ़िल्म बन्न नसक्नु स्वभाविक नै हो। केहि समय स्यामस्वयत यानी black n white फ़िल्म चली रहेको अबस्थामा २०३४ मा पहिलो रंगीन चलचित्र कुमारी बने पछि नेपाली फिल्मी क्षेत्रको स्तर उन्नति भएको देखिन्छ। यस पछि भने नेपाली चलचित्र हरु बार्षिक रूप मैं दर्जन भन्दा बड़ी उत्पादन हुदै आजको मिति सम्म आधुनिक शैली अपनाई सकेको छ।

सामान्यतया ४० देखी १ लाख सम्म खर्च गरेर बनाइने नेपाली फ़िल्मको बर्तमान फिल्मी बजार भने सानो नै मान्नु पर्छ। भाषागत रुपमा नेपालमा मात्रै प्रयोग हुने नेपाली भाषाका फिल्मको फिल्मी बजार त्येतिनै हुन्छ जति नेपाली बोल्ने बुझ्ने दर्शक छन। साडे दुइ करोड़ नेपाली जनता रहेको नेपालमा नेपाली फ़िल्म त्येतिले नै हेर्छन भन्न सकिन्न र अंतरास्ट्रीय जगतमा नेपाली फ़िल्म डबिंग गरी चलाउने गुणस्तर अझै आई सकेको छैन। यसरी के बुझ्न सकिन्छ भने नेपालको फिल्मी क्षेत्र निकैनै सानो छ अंतरास्ट्रीय स्तरमा। र नेपालको सन्दर्भमा नेपाली फ़िल्म सन्तोष जनक छ छैन भन्ने यो अर्को बिषय छ। बर्तमान अबस्था मा नेपाली चलचित्र इनै प्रश्नहरु को उत्तर खोज्दै अघि बढ्दै छ।

नेपाली चलचित्र जगतलाई सुरुवती चरण बाट नियाल्ने हो भने त्येति ठुलो आकर्षण देखिदैन यद्यपि यस क्षेत्रमा काम गर्ने हरुको आ आफ्नै क्षमता र खुबिले नेपाली फ़िल्म जीवित छ या भनौ हेर्न लायक छ। फ़िल्ममा जति कला बौद्धिकता र मनोरंजनलाई संतुलित रुपमा मिश्रण गरेर कुनै कथा बस्तुलाई हूबहू उतार्न सक्यो त्येति गुणस्तरीय बन्ने हो। जसको लागि सामान्य पटकथा निर्माण सामग्री देखी लिएर निर्माता अभिनेताहरुमा ज्ञान सिप कला र क्षमताको  खोजी गर्नु महत्तवपूर्ण हुन्छ।

नेपालको फिल्मी क्षेत्रलाई अंतरास्ट्रीय स्तरमा दाजेर विश्लेषण गर्नु भन्दा पनि नेपालकै परिपेक्षमा हरियो भने केहि आशाबादी बन्न सकिएला। सामान्य काम चलाउ कथाबस्तुलाई पर्दामा उतारेर मात्र फ़िल्म इंडस्ट्री चलाएको जस्तो देखिने नेपाली चलचित्र क्षेत्रमा एक किसिमको दक्षता कम नै देखिन्छ। किन की बजार क्षेत्र सानो भएको नेपाली फ़िल्मले नेपाली बजारहरुमा दर्शकको ध्यान पूर्ण रुपमा खिच्न नसक्नु र अन्य बाहिरी फ़िल्महरुले नेपाली समुदाय मा तीब्र प्रबेश पाउनु एक तितो सत्य हो। जसलाई नेपाली फिल्मी जगतले ध्यान दिनु आबश्यक छ।

नाम र दामको प्रलोभनमा फिल्मी क्षेत्रमा प्रबेश हुनेहरुको होडले नेपाली कला क्षेत्र धमिलिएको प्रष्ट देखिन्छ। निर्माता देखी अभिनेता सम्मलाई हेर्ने हो भने पनि चित्त बुझदो अनुहार मुश्किलले मिल्ने नेपाली चलचित्र क्षेत्रमा बर्तमान अबस्थामा जति पनि फ़िल्म क्षणिक मनोरंजन र उत्तेजनात्मक कथा बस्तुले सज्जिएको देखींन्छ। येसो भनी रहदा केहि यस्ता ब्यक्तित्तो र ऊनिहरु द्वारा निर्मित अभिनीत चलचित्र पनि छन जसले सिंगो नेपाली फ़िल्म जगतको प्रतिनिधित्व गर्छन जसले नेपाली फ़िल्मको नक्सा कोरे। तर बर्तमान सम्ममा उतारचढ़ाव हेर्दा फ़िल्मी क्षेत्रका बिकृतिले नेपाली फ़िल्म इंडस्ट्री र एसले प्रभाब पार्ने क्षेत्रमा राम्रो र सही सुचना प्रबाह गर्न सकी रहेको छैन।

नेपालमा अधिकांश मानिस ग्रमीण क्षेत्र र त्यों भन्दा बड़ी मानिस नेपाली फ़िल्म संग परिचित छैनन जसले आफ्नै रोजाइमा हल सम्म गएर फ़िल्म हेर्ने रुचि देखाउन। केहि शिक्षित र बौद्धिक बर्गलाई नेपाली फिल्मको बारेमा साध्यो भने पनि मुख बटार्न थाल्ने अबस्था छ। बरु ऊनि हरु अन्य भाषाका अंतरास्ट्रीय फ़िल्म प्रति आकर्षित छन र तिनै फ़िल्म हेर्न सल्लाह समेत दिन्छन

यस्तो समुदायलाई वास्ता नगरी बनाइने फिल्म मात्र बएस्क र नया पीडि केंद्रित देखिन्छ। सँगै परिबारमा बसेर हेर्न लायक नहुने फिल्मका क्ष्यणीक उत्तेजनात्मक विषय बस्तुले समाजमा नकारात्मक संदेश फैलायी रहेका छन। यसलाई नियन्त्रण गर्दै नेपाली समाजको गहिरो अध्यन गरी फ़िल्म निर्माण गर्नु अति आबश्यक छ। जो नेपाली फिल्मी क्षेत्रमा ऑफ्नो र नेपालको भविष्य देख्नेहरुले सोच्नु र नेपाली फ़िल्म इंडस्ट्रीमा सिर्जनात्मक परिबर्तन ल्याउन अति जरूरी छ।
#लक्ष्य

0 comments: