Thursday, April 26, 2018

बढ्दो हत्या हिंसा र बलात्कारका घटना, जर्जर समाजको पराकाष्ठा

बढ्दो हत्या हिंसा र बलात्कारका घटना, जर्जर समाजको पराकाष्ठा
लक्ष्मण 'लक्ष्य'
मानीस एक सामाजिक प्राणी हो, मानिसमा अन्य प्राणि भन्दा पृथक चेतनाको बिकास भयो यस कारण उसले समाजको संरचना तयार पार्यो र आफ्नो बुद्धि बिबेक प्रयोग गरी समाजलाई हर तरह बाट नियमन गर्यो।

मान्छे जंगली युगबाट सुसंस्कृत समाजमा आईपुग्दाको समयलाई हेर्ने हो भने मान्छे ले बिकाशक्रमका बिभिन्न चरण पार गर्दै आएको छ यि बीचमा चेतनाको स्तर कसरी बृद्धि गर्न सकिन्छ र कसरी अझै राम्रो सभ्यताको बिकास गर्न सकिन्छ भन्ने कुरामा विशेस खोज र प्रयोग हुदै आएको छ।

जब सामाजिक ब्यबस्थामा मान्छे बस्न रुचायो हर किसिमका प्रणालीको बिकास भयो अथबा यो भनौ पशु भन्दा माथि उठेर आफ्नो छुट्टै अस्तित्तो निमार्ण गर्यो र मान्छेकोको दौड़ अस्तित्तोमा उत्कृष्ट कसरी रहने भन्ने मैं केंद्रीत भयो।

शिक्षा, धर्म, राजनीति, अध्यात्म, क्रान्ति समाजका याबत कुराहरुले समाजलाई चलायमान बनाउछ। हत्या हिंसा, बलात्कार चोरी डकैती यि समाज स्वयंले उत्पन्न गरेका मुख्य समस्या रहेका छन र यी समस्या तबतक रहन्छन जब तक समाज रहन्छ किनकी यो समाजको एक अध्यारो पाटो हो।

 जहा कहिलै पनि सामाजिक चरित्र र शिक्षा अनि प्रेमको प्रकाश पुग्न सकेन या प्रयास ले पूर्णता लीन सकेन। यसलाई यसरी बुझौ बत्ती मुनिको अध्यारो नै समाजको बिकृति हो। जहा समाजका यस्ता तथ्य लुकेको पाइन्छ जून समाजको अंधो दौडमा सामेल हुन सकेन पछि पर्यो र उसले भूमिगत रुपमा भीन्नै संस्कृति को बिकास गर्यो जून समाज भन्दा बिल्कुल विपरीत छ। तर यो पनि समाजको एक पाटो जसमा हर मानविय सत्य लुकेको छ। ऐसैकारण पनि समाज सन्तुलित छ र समयको गतिमा स्वचालित छ।

मानिसले निर्माण गरेका जति पनि प्रणालीहरु छन, समाज, राष्ट्र, राजनीति, धर्म र यो भित्रका याबत कुरा हरु यी बिषयहरुले सदैब मान्छेलाई सीमित क्षेत्र भित्र बाँधने काम गरेको छ, मान्छे स्वभाविक रुपमा बाधिदै आएको पनि छ जून एक शून्य मनस्थितिमा पैदा हुने मान्छेलाई हरेक देशको मूल्य मान्यताको पाठ सिकउनुको पनि कारण मान्न सकिन्छ। जब यी र यस्ता पाठ हरुबाट मान्छे टाडा रहन्छ उसले आफ्नो सूझबूझले आफ्नो भिन्न बाटो बनाएर चल्न थाल्छ किनकी मान्छे एक स्वतन्त्रता मन पराउने प्राणी पनि हो। जसले स्वतन्त्र पुर्बक आफ्नो मार्ग चुन्न सक्छ र खराब मार्ग हिड्दै गरेको खण्डमा समाज पथप्रदर्शक बन्नू अपरिहार्य हुन्छ।

तर यथार्थमा गलत कार्य गर्ने बिरुद्धका सामाजिक दण्ड सजायले ति मान्छे हरुलाई अझै मजबूत र बिकृत बनायो जसलाई उचित शिक्षा र प्रेमको जरूरत थियो।
समाजमा शिक्षाको पहुच सहज भये पनि पूर्ण रुपमा प्रेमलाई स्विकारेको देख्न सकिदैन।

मान्छेको एउटै स्वभाब प्रेम हो, प्रेमले नै मान्छेको जिबनलाई जिबन्त बनाउछ। तर देख्न सकिन्छ जहा बाट समाजको सामाजीक ब्यबस्था सुरु भयो त्यहाँ बाट नै स्वतंत्र रुपमा प्रेम गर्नुलाई समाजले पचाउन सकेन र हर प्रेमका क्रियाकलाप बिरुद्ध समाजले कड़ा कदम चाल्दै अघि बढ्यो जून मानब सभ्यतामा एकदम घातक सिद्ध भयो र यही कारण समाजमा उत्पन्न हर बिकृतिको जड़ बन्यो।

भिभिन्न धर्ममा उल्लेख नगरिएका भाग, इतिहासमा नलेखियाका, ब्यक्त नभएका पन्नाहरु सदैब प्रेममा केंद्रीत बिषय बस्तु रहेका छन जसलाई मानिस सधै बेवास्ता गर्दै अघि बढ्यो फलस्वरूप मान्छेको कुण्ठित मनोदशा एक बिकृतिको रुपमा समाजमा क्रियाशिल रहन पुग्यो।

समग्र सृष्टि जगतमा प्रेम प्राणीहरुको साझा स्वभाविक र स्वतंत्र भाबना रहेको देखिन्छ र प्रेम नै सामग्र सृस्टि को सत्य हो। प्रकृतिमा मान्छेलाई छोडेर हरेक प्राणी, पसु, पंछी स्वतंत्र र स्वभाविक रुपमा प्रेम प्रकट गर्छन तर बिबेकसिल र सामाजिक प्राणी भनिएको मानब इतिहासमा सदैब प्रेमलाई खण्डित गर्ने कार्य हुदै आयो।

 पुरुष एकोहोरो रुपमा स्त्रि माथि हाबी हुनु र स्त्रिलाई केबल योनको रुपमा मात्र स्विकार गर्नु नै बिकृति को उदय बन्यो। पुरुष सधै स्त्रीको सरीरको वरिपरि घूमी रह्यो। एस्कारण पनि स्त्री आफ्नो अस्तित्त्वको पूर्ण बोध गर्न असक्षम भई, खास अर्थमा उ नारी- हो चाई को? नारीको लागि यो सधै अन्योलको बाताबरण रह्यो र रहदै आएको छ।

सृष्टिको दुइ शक्ति नारी र पुरुष जिबन जगतमा समान अधिकार राख्छन यही समान पारस्परिक मेलको कारण नै मानब सभ्यता जीवित छ, तर सामाजिक ब्यबस्था सधै शक्तिको केंद्रमा घुम्यो। नारी भन्दा शारीरिक रुपमा शक्तिशाली पुरुष आफुलाई जिबनका हर क्रियाकलापमा उचों राख्यो जबकि नारी मात्र एक खेलौनाको रुपमा पुरूषको अघि पछि घुम्दै आई। नारीले कहिलै पनि आफ्नो अस्तित्तोको लड़ाई लडींन या लडेका जति पनि नारीका इतिहास पुरुषबादी बिचारले लुकायो या दबायो, र अझै पनि नारीका केहि किस्साहरु पढ्न पाइन्छ जो पुरुषको हितमा थिए जसलाई जिबन्त राखियो र नारीलाई पढाउने असल पाठको सिर्षक बनाइयो।

समाजमा यसरी जब प्रेमलाई बर्जित गरियो, नारीलाई सीमित घेरामा राख्दै जिबन अघि बढ्दै गर्दा जति पनि समाजमा द्वन्दका घटना घटे सबैमा नारी केंद्रित र प्रेम केंद्रीत घटना घटे, नारीलाई सीमित घेरामा राखीनुले समाजमा सहज प्रेमको कमी हुन जानू स्वभाबिक थियो।

जून समाजमा प्रेम एक फूलको रूपमा फुल्दैन त्यहाँ दुर्गन्ध फ़ैलीनु स्वभाविक घटना हो। जून समाजमा प्रेमको अभाब हुन जान्छ त्यों समाज जर्जर बनी सकेको हुन्छ, जो हत्या हिंसा, बलात्कार जस्ता याबत बिकृती मौलाउने केंद्र बिंदु बन्न पुग्छ र एहि नै एक जर्जर समाजको पराकाष्ठा हो। यसलाई बदल्न समाजको प्रणाली पूर्णरूपमा जिम्बेबार बन्नू पर्छ।

बर्तमान समयमा हेर्ने हो भने मानिसमा हीन भबनाको बृद्धि भएको देख्न सकिन्छ। अशिक्षा, बढ्दो बेरोजगारी र टेक्नोलोजी को दुरुपयोग बिकृति फैलाउन सघाउ पुराउने तत्त्व साबित भएका छन।

परस्पर प्रतिस्पर्धा र सफल बन्ने होडमा मान्छे एक्लिएको छ, उ ऑफ्नो एक्लो पन भुलाउन जस्तो सकै कार्य गर्न पनि पछि नपर्ने स्थिति बन्नू बिकृतिलाई टेबा पुग्नु हो र एस्तो अबस्थाको फाइदा उठाउने बाह्य तथा आंतरिक ब्यक्ति, संघ संस्था समाजमा सलबलाई रहेका छन। यस्ता तत्त्व हरुको पहिचान गर्नु र यसमा संलग्न हरुलाई सही बाटो हिडाउनु र प्रेमको संचार गर्नु समाजको मुख्य दायित्व हो।
#लक्ष्य

0 comments: