Friday, May 18, 2018

दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ- नेपाल कम्युनिस्ट पार्टी

दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी
लक्ष्मण 'लक्ष्य'
नेपालमा क्रान्ति आबश्यक थियो अहिले पनि छ, तर आज सम्म नेपालको राजनीतिक धरातलमा कुनै पनि राजनीतिक क्रान्तिले सन्तोषजन उपलब्धि हासिल गरेको देखिदैन। देश राणाहरूको बहुल्यमा रहदै गर्दा पूर्ण नागरिक स्वतंत्रताको लड़ाई जिंदाबाद भन्दै २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी चार बर्ष नपुग्दै फुट्न गै एक किसिमको फुट र जुटको सिलसिला सुरु गर्यो। मार्क्सबाद, लेनिनबाद र माओबादको समग्र रूप नेकपा स्थापना देखी बर्तमान समय ६९ बर्ष सम्म आई पुग्दा दुइ दर्जनको हराहारिमा फुट्यो कति हद सम्म जुटयो पनि। नेपालमा कम्युनिस्ट पार्टीको बिकाशक्रम हेर्दा पार्टी समग्रमा दुइ धार बाट अघि बढ्दै आयो जो अझै पनि पृष्ट रुपमा देखिएको छ।

पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूह एमाले र पुष्पलाल समुहलाई आरोपित गर्दै अलग्गिएको मोहनबिक्रम सिंह, मोहन बैद्य, निर्मल लामाहरूको समूह नेकपा माओबादी केन्द्र नै बिसेष गरी नेपालका दुइ धार कम्युनिस्ट पार्टी हुन र यी भन्दा बाहीर भिन्न बिचार प्रस्तुत गर्ने अन्य कम्युनिस्ट विचारधारा बोकेका पार्टी पनि छिट पुट सक्रिय देखिन्छन।

कम्युनिस्ट पार्टीको नेपालमा ६९ बर्षे पृष्ठ हेर्दा पार्टी भित्र देशको लागि सही मार्ग निर्देश भन्दा पनि अंतर संघर्षले अघि बढ्दै आएको देखिन्छ जसअनुरूप आन्तरिक  फुट कम्युनिस्टहरूको चरित्र नै बनेको छ।

यो संदर्भलाई नजिक बाट नियालंदै गर्दा नेपाली कम्युनिस्टले नेपालको राजनीतिलाई कुन हद सम्म अघि बड़ाए या नेपालको बिकास तथा सम्ब्रिधि सामान्य जनताको जिबन स्तरमा कति परिबर्तन ल्याउने काम गरे हेर्न सकिन्छ। पार्टी भित्रै आंतरिक रुपमा चल्ने अंतर संघर्षले देशको भबिस्य प्रति नसोचेकै हो भन्न सकिन्छ। बिभिन्न समयमा भएका कम्युनिस्ट नेतृत्वका सरकारको स्थिरतालाई हेर्ने हो भने जनता सामु एक या धेरैमा दुइ बर्ष बड़ी टिक्न सकेनन।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

२०५१ सालको मध्याबधि निर्बाचनमा सबै भन्दा ठुलो दल नेकपा एमाले बने पछि नेपालको पहिलो कम्युनिस्ट प्रधानमंत्री मनमोहन अधिकारी  बनेका थिए। नौ महिनाको अल्पमतको सरकार चलाएको कम्युनिस्ट पार्टिले अर्को नेतृत्व को लागि १४ बर्ष कुर्नु परेको थियो। बिभिन्न समयमा नेकपा माले, एमाले संयुक्त सरकरमा सहभागी भये पनि संबिधान सभाको निर्बाचन पछि नेपालको दोस्रो कम्युनिस्ट प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए र उनी पनि प्रधान सेनापति रूपमांगत कटुवाललाई बर्खास्त गरेको बिबाद सँगै ९ महीना भन्दा बड़ी टीक्न सकेन र उनलाई अर्को कम्युनिस्ट पार्टी एमालेका माधब कुमार नेपालले प्रतिस्थापन गरेका थिए। यो सँगै झलनाथ खनाल, बाबूराम भट्टराई र केपी ओली प्रधानमंत्री बनेका थिए र आजको मितिमा पनि कम्युनिस्ट पार्टीको सरकार केपी ओलीले नेतृत्व गरी रहेको छ।

कम्युनिस्ट पार्टी स्थापना भै सत्ता प्राप्त गरी देश कम्युनिस्ट सासन गर्ने मुख्य उद्देश्य स्वरूप स्थापनाको ४५ बर्षमा पाएको सत्ता किन ९ महीना भन्दा बड़ी फापेन। नेपालमा कम्युनिस्ट ससानको कति आबस्यकता थियो त्यों कम्युनिस्ट ले बुझे बुझेनन जनताले स्वीकार गरे गरेनन! त्यस पछि प्रचण्डले नेतृत्व गरेको जनयुद्ध पश्चात प्राप्त देशको सत्ता पनि ९ महीना भन्दा बड़ी किन टिकेन र आफ्नै कम्युनिस्ट धारले प्रतिस्थापन गर्यो। कम्युनिस्टहरु सत्तालिप्सामा देशको भबिष्य बिर्से। राजनीतिक स्थिरता दिन नसक्नु कम्युनिस्ट हरूको ठुलो गल्ती रह्यो जसको परिणाम देशले भोगी रहेको छ।

माओबादी लगाएत कम्युनिस्टहरुले गरेका आंदोलन र जनयुद्धले देश कति पछि धकेलियो लेखा जोखा कसले गर्ने, युद्धकालमा बंद भएका स्कुलका बिद्यार्थि अहिले बेरोजगारिको शिकार छन, रोकिएका सडकले ग्रामीण क्षेत्रको उत्पादन गाउँमैं कुहियो, स्वास्थ्य क्षेत्र जीर्ण बन्यो बैंकिंग क्षत्र थप्प बन्यो, उधोग ब्यापारको क्षति कसले उल्लेख गर्ने। अब सत्ता प्राप्त गरे पछि कम्युनिस्टले यसको भरपाई गर्ने की नगर्ने? नया बिकाशका योजना प्रस्तुत गरेको खोई, के जनता सधै कम्युनिस्टले दिएको बृद्ध भत्ता र बेरोजगार भत्ता भन्दै ताली पिट्ने?

नेपाल जस्तो देशमा क्रांतिकारी बिचार प्रस्तुत गरी देश लाई बिकाशको बाटोमा डोराउनु आजको आबस्यकता हो, तर नेपाली जनता क्रान्तिकारी कदमलाई कति सम्म स्वागत गर्न सक्छन यो गहिरो बिषयबस्तु रहेको छ।

 राणा साशन देखी अहिले सम्म पनि नेपाल राजनीतिक परिबर्तन मैं अड़की रह्यो, यो समयमा माओबादीको १० बर्षको जनयुद्ध नेपालमा कति सम्म आबस्यक थियो त, अनि यसले प्राप्त गरेको उपलब्धि के हो त यसको विश्लेषण गर्ने की नगर्ने। जनताहरु उखान टुक्कामा रमाएका छन इनलाई कसले बिउझाउने। देशमा अझै परिबर्तनको तरंग आएको छैन।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

त्येति ठुलो जनयुद्ध गरी देश क्षत बीक्षत गरी सत्ता प्राप्त गरेको माओबादिले देखाएको प्रस्तुति के साचीकै सन्तोषजन छ त? के त्यसैको लागि नेपाली जनताले बलिदान दिएका थिए। माओबादीले यसको मूल्य चुकाउन सकेन उसले एमाले संग आत्म समर्पण गर्यो अब एमालेले माओबादीले उठाएका मुद्दा स्वीकार गरेर ऑफ्नो नीति प्रष्ट गर्न सक्छ त? फुट बाकी नै देखिन्छ।

नेपालमा कम्युनिस्ट पार्टी भै लोकतांत्रिक धार समातेको एमाले मात्रै जनताको बिस्वासको कम्युनिस्ट पार्टी भएको मत जितेको छ तर अब आएर प्रचण्ड नेतृत्व कम्युनिस्ट र केपी ओली नेतृत्व कम्युनिस्ट मिलेर एउटै कम्युनिस्ट बनेको घोषणा गर्दै गर्दा अन्य एक दर्जन बाहिरि कम्युनिस्टहरुलाई कसले भोग्ने, देश के कम्युनिस्टको क्यारिमबोर्ड हो जनता खेलाउने? बाहिरी कम्युनिस्ट लाई अब प्रचण्ड र केपीले सम्बोधन गर्ने की नगर्ने देशको हितमा। की अझै पनि बिप्लबलाई, मोहन बैद्यलाई अर्को जनयुद्ध गर्न स्वीकृति दिने। के ऊनि हरु कम्युनिस्ट नै होइनन? नेपाली कम्युनिस्ट सैद्धांतिक र ब्यबहारिक रुपमा आफैमा प्रष्ट छैनन।

घोषणा पत्रमा उत्कृष्ट उत्कृष्ट शब्द राखेर सोझा जनता भुलाउने परम्परा नै छ राजनीतिक पार्टिहरुको जस अन्तरगत कम्युनिस्ट पार्टी पनि सामेल भयो। नेपालको क्रान्तिकारी परिबर्तनको बिभिन्न आन्दोलन सवरूप नाममा बिकाशका कार्य अड़काएको अनुभब नेपाली जनताले प्रत्यक्ष रुपमा गरी सकेका छन।

 सत्ताको लागि मिलेंमतो गर्ने, अंतरास्ट्रीय शक्तिलाई दोष देखाउने र लम्पसार पर्ने प्रबृत्ति हर कुनै राजनीतिक पार्टिमा छ। दक्षिणपंथी कांग्रेस भनेर आलोचना गर्दै जनताको मत जित्ने कम्युनिस्ट बर्तमान समयमा स्वयम बाहिरि शक्ति प्रति लम्पसार छ। एस्तो अबस्थामा नेपाली जनताले कम्युनिस्ट बाट अझै पनि राष्ट्रीय हितमा ठुलो आशा राख्न सकिदैन तथापि देशमा कम्युनिस्ट पार्टी पनि लोकतांत्रिक अभ्यासमा सामेल भएको देख्दा राजनीति मा अब स्थिरता आउला भन्न सकिन्छ। देशमा एक भन्दा बड़ी एकै प्रबति का धारहरु रही रहनु हानिकारक हुन जान्छ।
दुइ दर्जन बड़ी फुट र जुट, न सत्ता फाप न पत्तासाफ-नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टीको नया घोषणा सँगै देश फेरी अर्को कम्युनिस्ट आन्दोलनमा नफसोस र प्रतिपक्षमा लोकतांत्रिक दल रही प्रतिस्पर्धा होस। देशको राजनीति स्थिर गर्न जनताको हात महत्तवपूर्ण हुन्छ। जनताले नेपालको राजनीतिलाई सही रुपमा मूल्यांकन गरी ऑफ्नो अमूल्य भोट जाहेर गरोस।

एउटै बिचारमा फुट्ने र जुटने पार्टिले देशलाई कंगाल बनाउछ न सत्ता चलाउछ न पत्तासाफ हुन्छ। जनताको निर्णय नै सर्बाधिक हुन्छ देशमा कुन शक्तिको आबश्यक छ कुन शक्तिले देशको सही दिशानिर्देश गर्छ। जनता द्वारा जनताको लागि सासन होस न कि स्वार्थको लागि सत्ता कब्जा।
laxmanlakshya.blogspot.com
लक्ष्मण 'लक्ष्य'

Friday, May 11, 2018

देशमा सरकार होइन सिंडिकेट छ, सिंडिकेटले देश चलेको छ

देशमा सरकार होइन सिंडिकेट छ,  सिंडिकेटले देश चलेको छ
लक्ष्मण 'लक्ष्य'


एतिबेला नेपालका सडकले सिंडिकेटको मार खायेको छ, यातायात ब्यबसायी संघ आफ्नो मनोमानीमा यातायात चलाउन नपाएको झोकमा आफ्नो सेबा थप्प पारेका छन भने सरकार सेवा सुचारु गर्न लागि परेको छ। के हो यो सिंडिकेट, किन यती धेरै आलोचना यसको!

बस्तु तथा सेवा प्रदान गर्ने नाममा खोलिएका संघ संस्था या कोही दोस्रो पक्ष द्वारा गरीने एकाधिपत्य वा ज्यादती नै सिंडिकेट को घटना हो। ब्यापारी तथा उद्धमि हरुको एउटा साझा समूह जसले आफु अन्तगर्तका सहभागीहरुको काम कार्यबाहीलाई योजनाबद्ध नियंत्रण गर्छ र योजनाबद्ध रुपमा ग्राहकलाई बस्तु तथा सेबाको बितरण गर्छ। सिंडिकेटको इतिहास हेर्ने हो भने फ्रांस र रूसमा एसेले बड़ी लोकप्रियता हासिल गरेको देखिन्छ त्यही बाट एसको प्रयोग हुदै अन्यत्र पनि सिको गरियो तर ठाउ अनुसार भिन्न भन्नै अबधारणा लियको पाइन्छ। जो आज नेपालमा मुख्य समस्या बनेको छ।

ब्यापारिक, औधोगिक क्षेत्रको बिकाश तथा सर्बसाधरण जनता लाई सुलभ सेबा प्रदान गर्ने उद्देश्यले खोलिएका संघ संस्था नै सिंडिकेट लाई मुख्य नीति बनाउनु दुख को कुरा छ तर यो पनि एक यथार्थ सत्य हो कि नेपालको आधा जसो आर्थिक सामाजिक औधोगिक र राजनीतिक क्षेत्र सिंडिकेटले संतुलनमा राखेको छ।

आजको मितिमा नेपालमा जति पनि संघ दर्ता भै ऑफ्नो कार्य सुरु गरेका छन उनीहरुको एउटै स्वार्थ उपभोक्ता ठग्नू हो भन्ने मा कसैको दुइमत छैन, ऐसै आलोचना का बाबजुत पनि सक्रिय हुँदै आएका संघ के साचै नै खराब नियेतले खोलिएका हुन त? नेपाल सरकारको संघ संस्था दर्ता सम्बन्धी ऐन 2034 अनुसार नेपालमा संघ दर्ता गरी ऑफ्नो कार्य संचालन गर्न छूट दिएको छ र सबै संघहरु एहि ऐन को नीति अनुरूप कार्य गर्दै आई रहेका छन।

नेपाल एस्तो देश हो जहा सधै राजनीतिक अस्थिरता रही नै रह्यो, यो अबस्था बाट देश गुज़रिदै गर्दा देशको ध्यानाकर्षण राजनीति मा नै केन्द्रित रह्यो। जब देशको बौद्धिक बर्ग राजनीतिमा र राजनीतिक परिबर्तन मैं समय खर्चीन्छ तब अन्य राज्य ब्यबस्था का कार्यहरुमा बिकृत तत्त्व हाबी हुनु स्वभाबिक हो। सोही तत्त्वले बिकाश गरेको ब्यापारिक प्रणाली एक सिंडिकेट ब्यबस्था जसलाई नियन्त्रण र निगरानी राख्ने सरकार को दायित्व हुन जान्छ तर कुनै ठुलो समस्या बिना ठुलो हलचल पैदा हुदैन जस अनुरूप सामान्य रुपमा सिस्टम चली रहन्छ। नेपाल सरकार लाई यसको पत्तो समेत रहेन। जनता समान्य रूपमै जिबनयापन गरी रहे।

नेपालमा जति पनि संघ छन उनी हरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकार देखी उपभोक्ता सम्मलाई संतुलनमा राखी रहेका छन। केहि संघ यहां सम्म ऑफ्नो सामर्थ्य देखाउछन की सरकार समेत हिचकिचाउछ। ऐसैले देशमा सरकार होइन सिंडिकेट छ र सिंडिकेटले देश चलेको छ भन्न सकिन्छ। नेपालको सामान्य लेखपढ गर्न सक्ने सर्बसाधरण देखि हुने खाने हरु पनि कही न कही एक न एक संघमा आबद्ध छ र एक ले अर्को लाई सिंडिकेटको शिकार बनाएको छ यसको लेखा जोखा राख्ने त सरकार हो नी। सरकार के गर्दैछ उ अझै पनि कुर्सी बनाउदै छ भत्काउदैछ, देश सिंडिकेट ले चलाउदै छ।

यातायात ब्यबसायी, निर्माण ब्यबसायी, सुन, फलफूल तथा तरकारी, दुग्ध, मदिरा, होटल, पर्यटन, ट्यांकर, ट्रेड, बैंकिंग, बीमा, थोक तथा खुद्रा, शिक्षक, कर्मचारी, डाक्टर याबत संघ नियालेर हेरौ सिंडिकेट को गंध सबै ठाउँमा आउछ। गंध आउनु स्वभबिक पनि छ जहा कुनै किसिमको नियंत्रण हुदैन त्यही बड़ी अनियमिता हुन्छ। ऐसैको कारण पनि होला देशमा छ्यापछ्यापति च्याउ जस्तै संघ बन्नु। के यो आफ्नै पारामा देश चलाउन खोज्नु होइन। देशको नियम कानून कता गयो र मान्छे ऑफ्नो ब्यबसाय आफ्नै सुझबूझमा सुरक्षित गर्न चाहन्छ र जनता ठग्न चाहन्छ। संघ संस्था खुलेर बेरोजगारी घट्नु पर्ने तर के भै दिन्छ दिनानुदिन बेरोजगार बढ्छ तिनै बेरोजगारी बिदेश पठाउने मेनपावर ले सिंडिकेट लाध्न खोज्छ।

देशमा एतिबेला यातायात ब्यबसायको सिंडिकेट मुख्य तारो बनेको छ, यो सँगै अरु थुप्रै संघले उपभोक्ता माथि सिंडिकेट को जाल बिछाएका छन। राजनीतिक पार्टी तथा उच्च निकायका ब्यक्ति द्वारा संरक्षित यस्ता संघहरु समाजमा सामान्य सर्बसाधरणलाई हर तरफ बाट घुमायेर हैरान बनाउने गर्छन। निर्माण ब्यबसाय संबंधित कंपनी दर्ता गर्न खोज्दा निर्माण ब्यबसायी संघको पत्र किन खोजे जस्तै हर तरफ सरकारी कार्यमा समेत संघ हाबी छ। अब संघ नै सरकारी निकाय जस्तो शक्तिशाली बने पछि यातायात ब्यबसायी संघ ले ऑफ्नो यातायात सेवा थप्प पारी सरकार लाई चुनौती नदिय अरु कसले दिन्छ।

ढिलाई भये पनि सरकार यो बिषय मा गंभीर बनेको छ यो स्वागतयोग्य कदम छ। हर नागरिकले स्वतंत्र ब्यबसाय गर्न पाउनु पर्छ खुला रुपमा सेबाको उपभोग गर्न पाउनु पर्छ तर सिंडिकेट को नाम मा लूटतंत्र चलाउने जो कोही बिरुद्ध सरकारले निगरानी राखी दण्ड गर्न सक्नु पर्छ। येसो हुन सके मात्रै राज्य प्रणालीमा सुधार आउन सक्छ। सरकारले चालेको कदम बाट पछि नहटोस।

रोटीबेटीको सम्बन्धमा चिप्लियको नेपाल, भारतको बलमा उठ्न नसक्नु बिडम्बना

रोटीबेटीको सम्बन्धमा चिप्लियको नेपाल, भारतको बलमा उठ्न नसक्नु बिडम्बना
लक्ष्मण 'लक्ष्य'

नेपाल भारत सम्बन्ध लाई लिएर समय समय मा बड़ी नै मतभेद र विश्लेषण हुने गरेको छ, इतिहास मा एहि देख्न सकिन्छ की नेपाल भारत को सम्बन्ध कसरी अगड़ी बढ्दै आई रहेको छ। पौराणिक युग देखी बर्तमान सम्म हेर्ने हो भने पनि नेपाल भारत राजनैतिक तथा भौगोलिक रूपमा फरक फरक राज्य रहे पनि यी देश धार्मिक, सामाजिक आर्थिक तथा राजनीतिक हिसाबले एक आपसमा पारस्परिक देखिन्छन र काफी हद तक मिल्दा छन। भगवान श्रीरामले जनकपुर आई सीता संग बैबाहिक सम्बन्ध बनाय सँगै नेपाल भारत सम्बन्ध रोटी बेटीको सम्बन्ध को रुपमा लीन थालियों, बैबाहिक सम्बन्ध देखी लिएर दैनिक जिबिको पार्जनको लागि समेत दुइ देश बीच आहोर दोहोरको बाताबरण रहदै आएको इतिहास हेर्दा एहि तात्पर्य निस्कन्छ की नेपाल भारत अलग अलग देश भये ता पनि एक अर्का का परिपूरक छन।

भूपरिवेष्टित नेपालका दुइ ओटा क्षिमेकि राष्ट्र भारत र चीन फरक फरक बिसेसता भएका देश छन र यिनी हरुमा धेरै नै असमानता देख्न सकिन्छ। नेपालको संदर्भमा हेर्ने हो भने पनि भारत संग भन्दा चीन संग धेरै नै असमानता रहेका छन। ऐसै कारण पनि नेपाल भारत संग बड़ी नजिकको सम्बन्ध राख्छ र राख्दै आई रहेको छ।

 नेपालको उत्तरी क्षेत्र प्रायः हिमाली क्षेत्र, भाषीक भिन्नता र यसको बिकटता ले चीन संग हुन पर्ने संचार तथा यातायातको कमीले नेपाली जनता पूर्णरूपमा भारत संगको सम्पर्कमा रहदै आएका छन। येही यथार्थ लाई मध्यनजर गर्दै बर्तमान नेपालले सफल भबिस्यको रूपरेखा तयार गर्न भारत संगै हातेमालो गर्न आबश्यक देखिन्छ र चीन तथा अन्य रास्ट्र संग ब्यापारिक सम्बन्ध बिकास गर्न सक्छ।

नेपालमा जति पनि शासन ब्यबस्थाका उतारचढ़ावहरुमा नेपाली शाशक बर्गको सटरपटर भारत सँगै रह्यो। हरेक अफ्टयारा तथा सुखद परिस्थितिहरुमा सहयोग र साथको अपेक्षा भारत सँगै रहदै आएको इतिहास छरलङ्ग छदै छ। यो सँगै जति पनि परिबर्तनका तरंग या लहर भारत बाट नै आई नेपालमा ठोकिएको देख्न सकिन्छ। यो भन्दै गर्दा चीन र अन्य मुलुकको भुमिका नै रहेन भन्न मिल्दैन तर नेपालको साशक बर्ग देखी सामान्य नागरिक सम्मको पहुच भारत सम्म सरल र सहज नै बन्यो। एसर्थ पनि बिशेष रुपमा भारत बिरुद्धका गतिविधिले नेपाललाई फाइदा भन्दा बेफाइदा नै धेरै गर्ला।

नेपाल एक हिन्दु राष्ट्र जहाको राष्ट्रीय भाषा नेपाली जसको मूल स्रोत संस्कृत, हिन्दू धर्मको उद्गम स्थल नेपाल भरतकै प्रसिद्ध स्थल, ब्यापारिक देखी सास्कृतिक आदान प्रादान एक आपसमा हुदै आई रहेको, हिंदी नेपाली भाषा तथा संस्कृतिको समान संचारले नेपाल भारत बीच रोटिबेटिको सम्बन्ध सहज भएको एक यथार्थ हो र यसलाई हामी कुनै हालतमा नकार्न सकिदैन। तर बर्तमान समयमा एहि कुरा लाई आधार मानेर गरीने ब्याख्या विश्लेषणले देश निम्न स्तरको बुद्धि अंतरास्ट्रीय कूटनीतिमा प्रयोग गरी रहेको छ भन्न कुनै हिचकिचाहट लाग्दैन।

आधुनिक युगको सुरुवाति सँगै आएका परिबर्तन लाई पछाउन नसक्नु नेपालीहरूको भूल भएको देखिन्छ, अंतरास्ट्रीय स्तरमा आफुलाई उभ्याउन नसक्नु, सधै भारतको सहरामा चल्न खोज्नुले देश स्वतंत्र भैकन पनि स्वाबलंबी बन्न नसक्नु एक बिडम्बनाको कुरा हो। जसलाई बर्तमान नेपाली जनता तथा साशक बर्ग नमिठो अनुभब गरी रहेका छन की चाहेर पनि भारत संगको रोटिबेटी को संबन्ध टुक्रायर नया प्रतिस्पर्धि छिमेकीको रुपमा उभिन सकी रहेका छैनन। एहि कारण पनी भारतीय मोदी नेपालको ज्वाई सरह बन्नु स्वभबिक मान्नु पर्छ, यो भन्दा अघिका भारतीय राजनीतिज्ञले पनि ज्वाई कै खातिरदारी पायका छन। तर नेपाली लम्पसारबादी हरूको प्रबर्तीका कारण ठुलो मात्रामा भारतीय सहयोग र साथ नेपाल आउन सकेन। अब आजको मितिमा यो बिषयलाई लिएर नकारात्मक बिचार राख्नु पनि आफ्नै मुखमा कालो पोत्नु बराबर हुन जान्छ तसर्थ बर्तमानमा यो बिषयमा गंभीर बन्दै भारतीय संग को सम्बन्धलाई प्रयोगात्मक बनाई अघि बढ्नु आजको सन्दर्भमा अत्यन्त जरूरी छ।

नेपालको हर तरह बाट एकतर्फा जनसंपर्क भारत संग नै रह्यो, भाषिक तथा भौगिलिक हिसाबले पनि भारत संग सरल संपर्क छ, समुंद्र सम्मको मार्ग पछाउन पनि भारत नजिक हुनुले नेपालको हर क्षेत्रमा भारत संलग्न रहन्छ तर नेपालको राजनीति सम्म पनि भारतको संलग्नता रहनु दुखको बिषय बनेको छ।

नेपालमा जति औधोगिक तथा वित्तीय उत्पादन हुन्छ त्यसको सीधा ब्यापार भारत संग नै सहज र फाइदाजनक छ, बिबिध परिस्थितिहरुलाई मध्यनजर गरेर हेर्दा जती पनि नेपालमा आबश्यक बस्तु आयात गर्दा भारत बाट नै भित्राउनु नेपालको लागि लाभदायक रहन्छ। खुला सिमाना र यातायातको प्रत्यक्ष भूमिका रहनाले यो संभव भएको छ।

नेपालको एक तर्फि भूभाग हिमाली क्षेत्र चीन संग छोईएको र चीन बाट आयात तथा निर्यातका कार्य गर्न अझै पनि सहज छैन जसकरण सीधा ब्यापार गर्न सकिदैन। हबाई मार्ग बाट गरीने धुवानी ले महंगों मार खेप्नु पर्ने नेपालीको लागी भारतीय समुंद्रीक बन्दरगाहमा ऑफ्नो अधिकार स्थापित गर्नु र नेपाल सम्म स्वतंत्र यातायातको बिकास गर्नु उत्तम मानिन्छ। यसको लागि सही ग्रहकार्य गर्नु अहिलेको सरकारको दायित्वों हो।

भिभिन्न समयमा हुने गरेका दुइ देशीय राजकीय भ्रमण तथा संधि सम्झौताहरुमा यी बिषय उल्लेख नगरिएका होइनन तर सही निष्कर्ष निस्कन सकी रहेको छैन। नेपाल तर्फ बाट बन्ने सरकारका प्रमुखहरूको राष्ट्रीय राजनीतिमा स्थायित्त्व न हुनु, देश देश बीचका कूटनैतिक बिषयहरुलाई महत्व नदिनु र सत्ताकै लागि गारिएका भेट घाट तथा भ्रमणका बेला यस्ता बिषयमा चासो नलीनुले समग्र नेपालको बिकास रोकिएको प्रष्ट हुन्छ।

नेपालको बर्तमान समस्या भनेको बेरोजगारी र न्यून प्रतिब्यक्ति आय नै हो, जब सम्म यसको समाधान गर्न देश भित्र के कच्चा पदार्थको उपयोग गरेर राष्ट्रीय उत्पादन बढाउने पहल गरिदैन देश बिकाश सम्भव छैन, राजनीतिक परिबर्तनले मात्र देशमा स्थायित्व आउछ भन्नु एक अर्थमा सही हो तर राजनीतिले नै नेपालको सम्पूर्ण बिकाशमा असर गर्ने हुदा अन्य राज्य प्रणालीका क्षेत्रहरु राजनीति सँगै रोकियेर राहदा नेपालको लागि राजनीति नै हानिकारक सिद्ध भएको छ।

यैसे बीच नेपालमा औधोगिक लगानी बढाई नेपाली उत्पादन बडाउनु र जति पनि बेरोजगारीको संख्या छ त्यसलाई आफ्नै देशमा रोजगारिको अबसर सिर्जना गरी देशकै उत्पादनमा लगाउनु बर्तमान नेपालको माग हो। आन्तरिक कठिनाईका कारण यो माग परिपूर्ति नेपाल एक्लैले गर्न नसक्ने स्थिति देखिदै आएको छ। यो अबस्थामा आर्थिक, राजनीतिक तथा औधोगिक दृष्टिले कमजोर देखिएको नेपालले उचित साझेदारी देश संग आपसी समझौता गरी देशको हरेक क्षेत्र लाई चलायमान बनाउने प्रति जोड़ दिनै पर्छ।

सामान्य देशभक्ति र राष्ट्रियताका कारण देश राजनीतिक मुद्दा मैं अड्की नै रह्यो, सीमा बिबाद, भाषा र अर्को देशलाई नीचा देखाउने नेपाली जनता तथा संचार क्षेत्रको नकारात्मक पाटो छ। यो सँगै नेपाली राजनीति सत्ताको खेलमा सत्ता टिकाउन अंतरास्ट्रीय दौड़धूप गर्नु ले पनि नेपालको बिकाशका मुद्दा ओझेल परेका छन।

 नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न आज पनि नेपालको बिस्वबिद्यालय सक्षम छैन, आधा जस्तो नेपालको दक्ष जनशक्ति भारतका तथा अन्य देशका बिभिन्न बिस्वबिद्यालय बाट दीक्षित भै आएको यथार्थ हामी सँगै छ। सामान्य दक्ष जनशक्ति देखी दैनिक प्रयोजनका बस्तु तथा सेबा आफै उत्पादन गर्न नसकी रहेको अबस्थामा देशभक्तिको नाराले मात्रै पनि संतुस्ट गर्न सक्दैन।

पृथ्वी नारायण शाहले राज्य एकीकरण गरी सिंगो नेपालको नक्सा तैयार गरे सँगै नेपाली भूभाग केहि भारतमा या केहि भारतीय भूभाग नेपालमा आएको इतिहास नै छ, इतिहास कै आधारमा हेर्ने हो भने नेपाल भारतका कतिपय संधि सम्झौताहरु नेपाली शासक बर्गको ब्यक्तिगत स्वार्थ पूर्तिका निमित्त गरिएको बुझ्न सकिन्छ र इनै संधि सम्झौताले पनि सामान्य स्तरमा जनताहरु बीच दुइ देशिय तिक्तता बड़ाएको छरलङ्ग हुन्छ।

जति पनि नेपाल भारतका संधि सम्झौताहरु हतारमा र बिना अध्ययन गरिएका छन जो सधै भारतीय हितमा रहेको पाइन्छ, अझै पनि यस्ता सम्झौता हरुमा पुनर्बिचार गर्ने प्रसंग उठ्नुले कमजोरी कै झलक दिन्छ जसको फाइदा उठाउन भारत हर तरह लागि परेको छ। यस्तो अबस्थामा नेपाल पूर्णरूपमा ऑफ्नो क्षमता अभिबृद्धि गर्दै भारत संगको सम्बन्धलाई नया आयाम दिनु नै उत्तम रहन्छ।

के हामी ऑफ्नो जिबनस्तर बिर्सेर इनै संधि समझौता संझदै ऑफ्नो मार्ग आफै बंद गर्ने? नेपाल अझै समुन्नत छैन, नेपाल भित्रै का कति ग्रामीण क्षेत्रमा बिकाशका सामान्य पुरबाधार पुग्न सकेको छैन। हामीले ध्यान दिने त यी क्षेत्रमा पो हो, खोई हाम्रो येता तिरको सोच?

सानो देश भौगोलिक बीबीधताले आफैमा कठिनताहरु छन, यी कठिनाई हरुलाई हामी कसरी हल गर्न सक्छौ, अंतरास्ट्रीय क्षेत्रमा के कस्तो पहल गर्न सक्छौ यो बारेमा सोच्ने बेला आएको छ तर यहाँ संकुचित मानसिकताले देश जीर्ण छ, काठमाण्डूको राजनीतिले सिंगो देश दल दलमा फसी रहेको छ। यही बाताबरणमा भुलेका हामी सामाजिक संजाल हरुमा बिभिन्न ट्रोल चलायेर बस्छौ। ऑफ्नो क्षेत्र बाट चाल्न सकिने सकारात्मक कदम र खबरदारी खोई? नेपालको राजनीति प्रति हामी आफै संतुष्ट छैनौ, यहाँ को ब्यबस्था हामी नै मन्दिनौ फेरी हामीमा कस्तो देशभक्ति पलाएको, कस्तो राष्ट्रियताको नसाले अंधो बनाएको जो आफ्नै देशको भबिस्य कुन दिशा तिर जादै छ देख्न सक्दैन।

नेपालको तितो यथार्थ नेपाल भारत सम्बन्ध सुधारेर नया कोण बाट अघि बड्नुको अर्को बिकल्प छैन। भारतका नेपाल सम्बन्धी हर नीति तथा परियोजनाहरु अब नेपाललाई कसरी ऑफ्नो पोल्टामा पार्ने भन्ने मैं केन्द्रीत हुने छन, यो कुरा लाई नेपालले गहिरियेर बिचार गर्नु आबश्यक छ तर यसको यो मतलब निकाल्नु उपयुक्त हुन्न की भारतलाइ निषेध गरेर अघि बड्न सकिन्छ। बरु भारत संग हर क्षेत्र मा साथ साथ चल्ने हिम्मत नेपाल सरकार ले गर्न सक्नु पर्छ, जनताले साथ दिनै पर्छ। खोक्रो आदर्श र राष्ट्रियताको नाम मा रास्ट्र नै चेपुवा मा पर्ने गतिविधि गर्नु उपयुक्त हुदैन।

बर्तमान समयमा देश देश बीच आपसी सम्बन्ध र प्रतिस्पर्धा ले बिस्वब्यापी रुपमा ऑफ्नो प्रभाव तथा स्थान सुरक्षित गर्नु अपरिहार्य हुन्छ। साथ साथै आफ्नो क्षमता अभिबृद्धि गर्दै क्षिमेकि राष्ट्र भारत, चीन तथा अन्य देशहरु संगका अंतरास्ट्रीय क्रियाकलापमा प्रष्ट बैदेशिक नितिका साथ सहभागिता जनाउन हर तरह तत्पर रहनु आबश्यक छ। जति सक्दो खुकुलो नीति अपनायेर बैदेशिक लगानी भीत्राउने र स्वाबलंबी बन्ने देशा तिर जादा नै बिकाशको लहर आउला अन्यथा एक स्वतन्त्र देश आफ्नै दासत्तोमा सधै दुइ ठुला मुलुक भारत र चीनको बीचमा चेपीएरै रहला जो इतिहासले ब्याख्या गरी सकेको छ।
#लक्ष्य