Monday, April 30, 2018

नेपाली चलचित्र: गुणस्तर कति, कलाकार निर्माता र तिनका दर्शक कस्ता

नेपाली चलचित्र: गुणस्तर कति, कलाकार निर्माता र तिनका दर्शक कस्ता
लक्ष्मण 'लक्ष्य'
सामान्यतया मनोरंजनको लागि तयार गरिने श्रब्यदृश्य सामाग्री जसले केहि लामो कथा बस्तुलाई उजागर गरेको हुन्छ त्यसलाई एक फ़िल्मको रुपमा लिने गरिन्छ। फ्रांस बाट सुरुवात भएको फिल्मको इतिहास नेपालमा भने धेरै पुरानो छैन। आधा सताब्दी मात्रै पार गरेको नेपाली चलचित्र जगत अझै पनि संतोषजनक उपलब्धि हासिल गर्न सकी रहेकोको पाईदैन तर पनि नेपाली फिल्मी क्षेत्रमा गरिएका केहि राम्रा कार्यहरु लाई पनि नकार्न सकिदैन।

अंतरास्ट्रीय स्तरमा फिल्मी क्षेत्र निकै नै ब्यापक छ यसलाई एक भिन्न उद्योगको रूपमा पनि लिइन्छ। अंतरास्ट्रीय जगतमा चर्चित हलीवुड फ़िल्म इंडस्ट्री एक एस्तो इंडस्ट्री हो जसले सिंगो बिस्वको फ़िल्म क्षेत्रको प्रतिनिधित्व गर्दछ। साथै हाम्रो छिमेकी देशको बालीवुड फिल्म इंडस्ट्री पनि एक हो।

नेपालमा सर्वप्रथम बी.स २०२१ मा छायांकन भै २०२२ मा प्रदर्शनमा आएको चलचित्र नै नेपालको पहिलो चलचित्र मानिन्छ जो नेपाली सर्बसाधरणले हेर्ने मौका पायका थिए। यस भन्दा अघि पनि नेपाली भाषामा फ़िल्म केहि रुपमा इंडिया मा छायांकन गरी नेपालमा नारायणहिटी दरबार तथा राणा परिवारमा हेर्ने गरिन्थ्यो। जून सत्य हरिश्चन्द्र नामक फ़िल्म २००७ सालमा कलकत्तामा बनि २००८ मा नारायणहिटी दरबारमा हेरिएको थियो।

फिल्म निर्माणमा आबश्यक आधुनिक सामग्री जुटाउन नसक्ने स्थितिमा गुणस्तरिय फ़िल्म बन्न नसक्नु स्वभाविक नै हो। केहि समय स्यामस्वयत यानी black n white फ़िल्म चली रहेको अबस्थामा २०३४ मा पहिलो रंगीन चलचित्र कुमारी बने पछि नेपाली फिल्मी क्षेत्रको स्तर उन्नति भएको देखिन्छ। यस पछि भने नेपाली चलचित्र हरु बार्षिक रूप मैं दर्जन भन्दा बड़ी उत्पादन हुदै आजको मिति सम्म आधुनिक शैली अपनाई सकेको छ।

सामान्यतया ४० देखी १ लाख सम्म खर्च गरेर बनाइने नेपाली फ़िल्मको बर्तमान फिल्मी बजार भने सानो नै मान्नु पर्छ। भाषागत रुपमा नेपालमा मात्रै प्रयोग हुने नेपाली भाषाका फिल्मको फिल्मी बजार त्येतिनै हुन्छ जति नेपाली बोल्ने बुझ्ने दर्शक छन। साडे दुइ करोड़ नेपाली जनता रहेको नेपालमा नेपाली फ़िल्म त्येतिले नै हेर्छन भन्न सकिन्न र अंतरास्ट्रीय जगतमा नेपाली फ़िल्म डबिंग गरी चलाउने गुणस्तर अझै आई सकेको छैन। यसरी के बुझ्न सकिन्छ भने नेपालको फिल्मी क्षेत्र निकैनै सानो छ अंतरास्ट्रीय स्तरमा। र नेपालको सन्दर्भमा नेपाली फ़िल्म सन्तोष जनक छ छैन भन्ने यो अर्को बिषय छ। बर्तमान अबस्था मा नेपाली चलचित्र इनै प्रश्नहरु को उत्तर खोज्दै अघि बढ्दै छ।

नेपाली चलचित्र जगतलाई सुरुवती चरण बाट नियाल्ने हो भने त्येति ठुलो आकर्षण देखिदैन यद्यपि यस क्षेत्रमा काम गर्ने हरुको आ आफ्नै क्षमता र खुबिले नेपाली फ़िल्म जीवित छ या भनौ हेर्न लायक छ। फ़िल्ममा जति कला बौद्धिकता र मनोरंजनलाई संतुलित रुपमा मिश्रण गरेर कुनै कथा बस्तुलाई हूबहू उतार्न सक्यो त्येति गुणस्तरीय बन्ने हो। जसको लागि सामान्य पटकथा निर्माण सामग्री देखी लिएर निर्माता अभिनेताहरुमा ज्ञान सिप कला र क्षमताको  खोजी गर्नु महत्तवपूर्ण हुन्छ।

नेपालको फिल्मी क्षेत्रलाई अंतरास्ट्रीय स्तरमा दाजेर विश्लेषण गर्नु भन्दा पनि नेपालकै परिपेक्षमा हरियो भने केहि आशाबादी बन्न सकिएला। सामान्य काम चलाउ कथाबस्तुलाई पर्दामा उतारेर मात्र फ़िल्म इंडस्ट्री चलाएको जस्तो देखिने नेपाली चलचित्र क्षेत्रमा एक किसिमको दक्षता कम नै देखिन्छ। किन की बजार क्षेत्र सानो भएको नेपाली फ़िल्मले नेपाली बजारहरुमा दर्शकको ध्यान पूर्ण रुपमा खिच्न नसक्नु र अन्य बाहिरी फ़िल्महरुले नेपाली समुदाय मा तीब्र प्रबेश पाउनु एक तितो सत्य हो। जसलाई नेपाली फिल्मी जगतले ध्यान दिनु आबश्यक छ।

नाम र दामको प्रलोभनमा फिल्मी क्षेत्रमा प्रबेश हुनेहरुको होडले नेपाली कला क्षेत्र धमिलिएको प्रष्ट देखिन्छ। निर्माता देखी अभिनेता सम्मलाई हेर्ने हो भने पनि चित्त बुझदो अनुहार मुश्किलले मिल्ने नेपाली चलचित्र क्षेत्रमा बर्तमान अबस्थामा जति पनि फ़िल्म क्षणिक मनोरंजन र उत्तेजनात्मक कथा बस्तुले सज्जिएको देखींन्छ। येसो भनी रहदा केहि यस्ता ब्यक्तित्तो र ऊनिहरु द्वारा निर्मित अभिनीत चलचित्र पनि छन जसले सिंगो नेपाली फ़िल्म जगतको प्रतिनिधित्व गर्छन जसले नेपाली फ़िल्मको नक्सा कोरे। तर बर्तमान सम्ममा उतारचढ़ाव हेर्दा फ़िल्मी क्षेत्रका बिकृतिले नेपाली फ़िल्म इंडस्ट्री र एसले प्रभाब पार्ने क्षेत्रमा राम्रो र सही सुचना प्रबाह गर्न सकी रहेको छैन।

नेपालमा अधिकांश मानिस ग्रमीण क्षेत्र र त्यों भन्दा बड़ी मानिस नेपाली फ़िल्म संग परिचित छैनन जसले आफ्नै रोजाइमा हल सम्म गएर फ़िल्म हेर्ने रुचि देखाउन। केहि शिक्षित र बौद्धिक बर्गलाई नेपाली फिल्मको बारेमा साध्यो भने पनि मुख बटार्न थाल्ने अबस्था छ। बरु ऊनि हरु अन्य भाषाका अंतरास्ट्रीय फ़िल्म प्रति आकर्षित छन र तिनै फ़िल्म हेर्न सल्लाह समेत दिन्छन

यस्तो समुदायलाई वास्ता नगरी बनाइने फिल्म मात्र बएस्क र नया पीडि केंद्रित देखिन्छ। सँगै परिबारमा बसेर हेर्न लायक नहुने फिल्मका क्ष्यणीक उत्तेजनात्मक विषय बस्तुले समाजमा नकारात्मक संदेश फैलायी रहेका छन। यसलाई नियन्त्रण गर्दै नेपाली समाजको गहिरो अध्यन गरी फ़िल्म निर्माण गर्नु अति आबश्यक छ। जो नेपाली फिल्मी क्षेत्रमा ऑफ्नो र नेपालको भविष्य देख्नेहरुले सोच्नु र नेपाली फ़िल्म इंडस्ट्रीमा सिर्जनात्मक परिबर्तन ल्याउन अति जरूरी छ।
#लक्ष्य

Thursday, April 26, 2018

बढ्दो हत्या हिंसा र बलात्कारका घटना, जर्जर समाजको पराकाष्ठा

बढ्दो हत्या हिंसा र बलात्कारका घटना, जर्जर समाजको पराकाष्ठा
लक्ष्मण 'लक्ष्य'
मानीस एक सामाजिक प्राणी हो, मानिसमा अन्य प्राणि भन्दा पृथक चेतनाको बिकास भयो यस कारण उसले समाजको संरचना तयार पार्यो र आफ्नो बुद्धि बिबेक प्रयोग गरी समाजलाई हर तरह बाट नियमन गर्यो।

मान्छे जंगली युगबाट सुसंस्कृत समाजमा आईपुग्दाको समयलाई हेर्ने हो भने मान्छे ले बिकाशक्रमका बिभिन्न चरण पार गर्दै आएको छ यि बीचमा चेतनाको स्तर कसरी बृद्धि गर्न सकिन्छ र कसरी अझै राम्रो सभ्यताको बिकास गर्न सकिन्छ भन्ने कुरामा विशेस खोज र प्रयोग हुदै आएको छ।

जब सामाजिक ब्यबस्थामा मान्छे बस्न रुचायो हर किसिमका प्रणालीको बिकास भयो अथबा यो भनौ पशु भन्दा माथि उठेर आफ्नो छुट्टै अस्तित्तो निमार्ण गर्यो र मान्छेकोको दौड़ अस्तित्तोमा उत्कृष्ट कसरी रहने भन्ने मैं केंद्रीत भयो।

शिक्षा, धर्म, राजनीति, अध्यात्म, क्रान्ति समाजका याबत कुराहरुले समाजलाई चलायमान बनाउछ। हत्या हिंसा, बलात्कार चोरी डकैती यि समाज स्वयंले उत्पन्न गरेका मुख्य समस्या रहेका छन र यी समस्या तबतक रहन्छन जब तक समाज रहन्छ किनकी यो समाजको एक अध्यारो पाटो हो।

 जहा कहिलै पनि सामाजिक चरित्र र शिक्षा अनि प्रेमको प्रकाश पुग्न सकेन या प्रयास ले पूर्णता लीन सकेन। यसलाई यसरी बुझौ बत्ती मुनिको अध्यारो नै समाजको बिकृति हो। जहा समाजका यस्ता तथ्य लुकेको पाइन्छ जून समाजको अंधो दौडमा सामेल हुन सकेन पछि पर्यो र उसले भूमिगत रुपमा भीन्नै संस्कृति को बिकास गर्यो जून समाज भन्दा बिल्कुल विपरीत छ। तर यो पनि समाजको एक पाटो जसमा हर मानविय सत्य लुकेको छ। ऐसैकारण पनि समाज सन्तुलित छ र समयको गतिमा स्वचालित छ।

मानिसले निर्माण गरेका जति पनि प्रणालीहरु छन, समाज, राष्ट्र, राजनीति, धर्म र यो भित्रका याबत कुरा हरु यी बिषयहरुले सदैब मान्छेलाई सीमित क्षेत्र भित्र बाँधने काम गरेको छ, मान्छे स्वभाविक रुपमा बाधिदै आएको पनि छ जून एक शून्य मनस्थितिमा पैदा हुने मान्छेलाई हरेक देशको मूल्य मान्यताको पाठ सिकउनुको पनि कारण मान्न सकिन्छ। जब यी र यस्ता पाठ हरुबाट मान्छे टाडा रहन्छ उसले आफ्नो सूझबूझले आफ्नो भिन्न बाटो बनाएर चल्न थाल्छ किनकी मान्छे एक स्वतन्त्रता मन पराउने प्राणी पनि हो। जसले स्वतन्त्र पुर्बक आफ्नो मार्ग चुन्न सक्छ र खराब मार्ग हिड्दै गरेको खण्डमा समाज पथप्रदर्शक बन्नू अपरिहार्य हुन्छ।

तर यथार्थमा गलत कार्य गर्ने बिरुद्धका सामाजिक दण्ड सजायले ति मान्छे हरुलाई अझै मजबूत र बिकृत बनायो जसलाई उचित शिक्षा र प्रेमको जरूरत थियो।
समाजमा शिक्षाको पहुच सहज भये पनि पूर्ण रुपमा प्रेमलाई स्विकारेको देख्न सकिदैन।

मान्छेको एउटै स्वभाब प्रेम हो, प्रेमले नै मान्छेको जिबनलाई जिबन्त बनाउछ। तर देख्न सकिन्छ जहा बाट समाजको सामाजीक ब्यबस्था सुरु भयो त्यहाँ बाट नै स्वतंत्र रुपमा प्रेम गर्नुलाई समाजले पचाउन सकेन र हर प्रेमका क्रियाकलाप बिरुद्ध समाजले कड़ा कदम चाल्दै अघि बढ्यो जून मानब सभ्यतामा एकदम घातक सिद्ध भयो र यही कारण समाजमा उत्पन्न हर बिकृतिको जड़ बन्यो।

भिभिन्न धर्ममा उल्लेख नगरिएका भाग, इतिहासमा नलेखियाका, ब्यक्त नभएका पन्नाहरु सदैब प्रेममा केंद्रीत बिषय बस्तु रहेका छन जसलाई मानिस सधै बेवास्ता गर्दै अघि बढ्यो फलस्वरूप मान्छेको कुण्ठित मनोदशा एक बिकृतिको रुपमा समाजमा क्रियाशिल रहन पुग्यो।

समग्र सृष्टि जगतमा प्रेम प्राणीहरुको साझा स्वभाविक र स्वतंत्र भाबना रहेको देखिन्छ र प्रेम नै सामग्र सृस्टि को सत्य हो। प्रकृतिमा मान्छेलाई छोडेर हरेक प्राणी, पसु, पंछी स्वतंत्र र स्वभाविक रुपमा प्रेम प्रकट गर्छन तर बिबेकसिल र सामाजिक प्राणी भनिएको मानब इतिहासमा सदैब प्रेमलाई खण्डित गर्ने कार्य हुदै आयो।

 पुरुष एकोहोरो रुपमा स्त्रि माथि हाबी हुनु र स्त्रिलाई केबल योनको रुपमा मात्र स्विकार गर्नु नै बिकृति को उदय बन्यो। पुरुष सधै स्त्रीको सरीरको वरिपरि घूमी रह्यो। एस्कारण पनि स्त्री आफ्नो अस्तित्त्वको पूर्ण बोध गर्न असक्षम भई, खास अर्थमा उ नारी- हो चाई को? नारीको लागि यो सधै अन्योलको बाताबरण रह्यो र रहदै आएको छ।

सृष्टिको दुइ शक्ति नारी र पुरुष जिबन जगतमा समान अधिकार राख्छन यही समान पारस्परिक मेलको कारण नै मानब सभ्यता जीवित छ, तर सामाजिक ब्यबस्था सधै शक्तिको केंद्रमा घुम्यो। नारी भन्दा शारीरिक रुपमा शक्तिशाली पुरुष आफुलाई जिबनका हर क्रियाकलापमा उचों राख्यो जबकि नारी मात्र एक खेलौनाको रुपमा पुरूषको अघि पछि घुम्दै आई। नारीले कहिलै पनि आफ्नो अस्तित्तोको लड़ाई लडींन या लडेका जति पनि नारीका इतिहास पुरुषबादी बिचारले लुकायो या दबायो, र अझै पनि नारीका केहि किस्साहरु पढ्न पाइन्छ जो पुरुषको हितमा थिए जसलाई जिबन्त राखियो र नारीलाई पढाउने असल पाठको सिर्षक बनाइयो।

समाजमा यसरी जब प्रेमलाई बर्जित गरियो, नारीलाई सीमित घेरामा राख्दै जिबन अघि बढ्दै गर्दा जति पनि समाजमा द्वन्दका घटना घटे सबैमा नारी केंद्रित र प्रेम केंद्रीत घटना घटे, नारीलाई सीमित घेरामा राखीनुले समाजमा सहज प्रेमको कमी हुन जानू स्वभाबिक थियो।

जून समाजमा प्रेम एक फूलको रूपमा फुल्दैन त्यहाँ दुर्गन्ध फ़ैलीनु स्वभाविक घटना हो। जून समाजमा प्रेमको अभाब हुन जान्छ त्यों समाज जर्जर बनी सकेको हुन्छ, जो हत्या हिंसा, बलात्कार जस्ता याबत बिकृती मौलाउने केंद्र बिंदु बन्न पुग्छ र एहि नै एक जर्जर समाजको पराकाष्ठा हो। यसलाई बदल्न समाजको प्रणाली पूर्णरूपमा जिम्बेबार बन्नू पर्छ।

बर्तमान समयमा हेर्ने हो भने मानिसमा हीन भबनाको बृद्धि भएको देख्न सकिन्छ। अशिक्षा, बढ्दो बेरोजगारी र टेक्नोलोजी को दुरुपयोग बिकृति फैलाउन सघाउ पुराउने तत्त्व साबित भएका छन।

परस्पर प्रतिस्पर्धा र सफल बन्ने होडमा मान्छे एक्लिएको छ, उ ऑफ्नो एक्लो पन भुलाउन जस्तो सकै कार्य गर्न पनि पछि नपर्ने स्थिति बन्नू बिकृतिलाई टेबा पुग्नु हो र एस्तो अबस्थाको फाइदा उठाउने बाह्य तथा आंतरिक ब्यक्ति, संघ संस्था समाजमा सलबलाई रहेका छन। यस्ता तत्त्व हरुको पहिचान गर्नु र यसमा संलग्न हरुलाई सही बाटो हिडाउनु र प्रेमको संचार गर्नु समाजको मुख्य दायित्व हो।
#लक्ष्य

Tuesday, April 24, 2018

लोकतन्त्र दिबस: जनताको नासो जनतालाई नै आएको 12 औ दिबस

लक्ष्मण लक्ष्य
जनताको नासो जनतालाई नै भनी 62/63 को जनआन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रले जनताको नाममा बुझाएको लोकतन्त्र अब 12 बर्षमा लागेको छ।

 निरंकुश राजतन्त्रलाई घुड़ा टेकाएको र लोकतान्त्रिक गणतंत्र संस्थागत गरी देशको सुनौलों नक्सा कोरिएको दिनको सम्झना सवरूप मनाइने लोकतन्त्र दिवस 12 औ दिबसमा आई पुग्दा पनि जनताहरुमा लोकतंत्र को महसुस अझै हुन नसक्नु एक चासोको बिषय बनेको देखिन्छ!
खैर, देशको महत्वपूर्ण उपलब्धि जनता द्वारा जनताको लागी गरिने शासन ब्यबस्थामा हामी छौ खुसीको कुरा मान्नु पर्छ।

नेपाली जनता त्यों बेला पनि प्रजातन्त्रमै बाचि रहेका थिए जून बेला संबैधानिक राजतन्त्र सबैको रोजाइ बनेको थियो। देश समान्य स्थितिमैं चली रहदा राज्य संचालन सँगै जनताहरुमा असनुस्टीहरु सिर्जना हुदै जानु पनि स्वभाविक थियो, जसलाई राजा तथा राज्यको संबैधानिक अंगले संतुलनमा राख्नु अति आबश्यक थियो।
लोकतन्त्र दिबस: जनताको नासो जनतालाई नै आएको 12 बर्ष

तर कारणबश देशका राजनीतिक बिषय हरुमा सहमति जुट्न नसकेपछि देशको एक शक्ति माओबादी जंगलबाट सासस्त्र युद्धको थालनी गर्नु देशको लागि तत्कालीन समयमा घातक बन्यो। राजा, राजनीतिक पार्टी तथा माओबादी शक्ति बीचको त्रिपक्षीय खिचातानिमा देशका बिकाश निमार्णका कार्य देखी लिएर सामान्य दैनिक जिबनस्तरका गतिविधिहरुमा पनी असर पर्नुले प्रष्ट भइसकेको थियो की देशमा राजतन्त्रको विकल्प खोज्नु पर्छ।

 तत्कालीन समय एक तर्फा माओबादीको बिद्रोह अर्को राजनीतिक दलको सड़क संघर्ष र राजदरबार हत्याकांडले देशको भबिस्य अन्योल स्थिति रही नै रहेको थियो जसकारण राजाको शक्ति क्षीण हुनु र राज्य ब्यबस्था कमजोर हुनु स्वभाविक नै थियो।

ऐसैबीच माओबादी र सड़क संघर्ष गरिरहेको सातदल बीच भएको 12 बुंदे सहमतिले 19 दिने 62/63 को आंदोलनको रूप लियो फलस्वरूप राज संस्थाले जनताको सामु घुड़ा टेक्यो र जनताको नासो जनताकै हातमा आयो। त्यही बैशाख11 गतेको दिनलाई नेपालमा लोकतान्त्र दिबश भनेर मनाउन थालियों।
लोकतन्त्र दिबस: जनताको नासो जनतालाई नै आएको 12 बर्ष

त्यस पछिका बर्षले केहि नौलों आशा र नौलों बिहानिको महसूस अब जनतालाई गराउछ भन्ने भान सबैमा थियो तर पनी पटक पटक को चुनाबी खेल सत्ता संघर्ष र संबिधान निर्माण प्रक्रियाले देश सुस्त गति मैं बड़ी रह्यो, अन्योलको स्थिती रही नै रह्यो।

लामो सकस र कसरतका बीच 2072 आसोज 3 गते नया नेपालको संबिधान जारी भयो, यो सँगै नेपाल फेरी एक नया दिशा तिर अघि बड़ी रहेको छ यो हामी नेपालिमा गौरबको बिषय हो। सँगै यसको पूर्ण कार्यान्वयनले बास्तविक लोकतन्त्रको आभास दिने छ आशा गर्न सकिन्छ।

समय अनुसार नया नया नीति कार्यक्रम र देशको बस्तुस्थिति अनुसारको कार्यले नै देशले तरक्की गर्ने हो, हरेक भेगका जनतामा आधारभूत आबश्यकताको समान परिपूर्ति र विकासका पूर्बाधारको पहुच पुर्याएको खण्डमा नै देशका जनताले लोकतांत्रिक नेपालको अनुभव गर्ने हो। तर पनि आजको मितिमा नेपाली जनता बिभिन्न अभाबको बाबाजूत रोजमर्राको दैनिकीमा कठिनाई साथ जीई रहेछन।

शिक्षा, स्वास्थ्य, यातायात, बेरिजगारी, महंगी, भष्ट्राचार तथा राजनीतिक अस्थिरताले देश जर्जर त छदै छ, एसमाथि पनि लोकतन्त्रका उपलब्धि माथि चर्चा गर्ने बिषय नपाइनु दुखको कुरा छ।

अझै पनि सरकार द्वारा सहीदहरु प्रति र उनका परिबार प्रति सहानुभूति जुटाउन, भूकम्पले निम्तयाएको समस्या समाधान गर्न, बढ्दो बिकृति, बलात्कार, र हत्या हिंसाका बढ्दो घटनाहरु माथि कड़ा कदम चाल्न सकी रहेको देखिन्न।

यो अबस्था लाई मध्यनजर गर्दै अझै पनि जनताको ब्यक्तिगत मत बुझ्ने हो भने राजा आउ देश बचाउ भन्ने भाब प्रकट हुन्छ। यो एक बिडम्बना को कुरा हो की हामी जुन लोकतन्त्रको लागि 10 बर्ष जनयुद्ध लडेउ 19 दिने जन आन्दोल गरेउ र कैएउ सहिदको बलिदानिका साथ लोकतन्त्र को स्थापना गरेउ। यो एक ऐतिहासिक घटना हो तर हामी ऐसैको सही सदुपयोग गर्न सकी रहेका छैनौ भने पूर्ण नेपाल अझै अपरिपक्व अबस्थामा छ भनेर आफैलाई दोष दिनु बाहेक केही बाकी रहदैन।

प्राप्त उपलब्धि भन्दा हुन नसकेका कामको चर्चा बड़ी हुन्छ जो सजिलै समाचारका हेडलाइन बन्छन, यो एक एस्तो मनस्थिति हो जो सम्पूर्ण देशका नागरिकको दिमाख नकारात्मक बिचार द्वारा परिचालित छ यसलाई परिबर्तन गर्नु पनि लोकतान्त्रिक देशमा शिक्षा, संचार माध्यम र राजनीतिक दल तथा देशका दिग्गज हरुको हात रहन्छ।
लोकतन्त्र दिबस: जनताको नासो जनतालाई नै आएको 12 बर्ष
ऊनिहरु देशमा कस्तो सुचना प्रबाह गरी रहेका छन यो पनि महत्तवपूर्ण बिषय हो। के लोकतान्त्रिक नेपालका जनता साच्चै बौद्धिक बर्ग द्वारा प्रशिक्षित छन त?

नेपालको अधिकांश भूभाग पहाड़ी छ र त्यों भन्दा बड़ी गरीबीको रेखा मुनि छ। तराइमा उस्तै समस्या छ यहाँका जनता देशको राजनीतिक तथा समसामयिक घटनाक्रम भन्दा बड़ी समय दैनिक जिबिकोपार्जनमा लगाउछन, बाहिरि सूचना र प्रविधि बाट टाडा रहने यि जनता दैनिक हातमुख जोर्न अकाली ओरली कि स्वदेशि बैदेशिक रोजगारीमा श्रमिक बन्नमैं जिबन ब्यतीत गर्छन र इनलाई कहिलै न राजतन्त्रले फरक पार्यो न लोकतन्त्रले फरक पारेको छ। यिनी हरुको परिश्रम र रेमिटान्समा चलेको देशले आफ्नै उत्पादनको स्रोत पहिचान गर्न नसक्नु अर्को ठुलो समस्या हो।

येसो भनी रहदा देशको सहरी क्षेत्रमा रहने या पहुच राख्ने जनताहरु हरेक सूचना प्रविधि, बिकाशका पुरबाधार जस्ता याबत कुराहरु संग रूबरू छन जसको क्षमताले देशले नया नया उधोग, बिकाशका कार्य तथा योजना, र अंतरास्ट्रीय स्तरमा समेत आफ्नो क्षमता प्रस्फुटन गरेर आफु तथा सिंगो देशको नाम संसारमा चिनाएका छन। र यि जनतालाई पनि न राजतन्त्रले केहि फरक पार्यो न लोकतन्त्र ले बस सामान्य नेपाली नागरिक बनेर जिन्दगी बिताएका छन।

यहाँ महत्तवपूर्ण बिषय राजनीतिक परिबर्तनले तिनैलाई फरक पार्यो जो हरेक क्षेत्र बाट टाडा रहे र हरेक क्षेत्रमा हात हाल्न राजनीति गरे। यिनैले 7 साल 17 साल 46 साल र 63 सालका परिबर्तन ल्याय। र देख्न सकिन्छ यि नेपालका यस्ता जनता छन जो अझै संतुस्ट छैनन यिनले अझै अर्को साल जन्माउने छन। तंत्र माथि तंत्र थप्ने छन।

जे होस देश अब संघीय लोकतांत्रिक गणतन्त्र बनेको छ। हर नागरिकलाई समान अधिकार र अबसरहरु प्राप्त छ। स्वतंत्र पुर्बक जिबनयापन गर्न रुचाउने हामी नेपाली देशको सामग्र उपलब्धिको बारेमा बहस गर्नु, नया आशा राख्नु र सम्पूर्ण नेपालीहरुमा लोकतन्त्रले हित गरेको छ भन्दै शुभकामना आदान प्रदान गर्नु नै उचित रहन्छ।
 लोकतन्त्र दिबसको सबैमा शुभकामना!

Sunday, April 22, 2018

असुरक्षित पृथ्वीको संकेत International Earth Day

असुरक्षित पृथ्वीको संकेत International Earth Day
प्राकतिक तत्त्वहरु माथि जब कृत्रिम प्रयोगहरु गर्न थालीन्छ यस क्रियाले सुरुमा रोमांचित त पक्कै बनाउछ साथ साथै बिनाश को बाटो तीर पनि धकेल्छ। हरेक बर्ष 22 April को दिन मनाइने International Earth Day ले यही संकेत गर्छ की अब पृथ्वी सुरक्षित छैन यसलाई सबैले मिलेर बचाउन तिर लाग्नु पर्छ।

हामी देख्न सकिन्छ आधुनिकीकरण ले प्रकतिमा कुन रूपमा असर परी रहेको छ। र यस्तै स्थिति बढ्दै जाने हो भने बिकाशको नाममा मान्छे स्वयमलाई त बिनास गर्छ गर्छ पृथ्वी पनि ध्वस्त पार्ने छ। पहिलो पटक 22 April 1970 को दिन बाट हरेक बर्ष मानाइन थालिएको Earth Day को मुल उद्देश्य नै प्रकृति माथि हुने प्रदुषित क्रिया माथि सचेत गर्नु हो। र 141 देश का 200 million मान्छेहरु हरेक बर्ष पृथ्वी बचाउ भन्दै बिस्वब्यापी कार्यक्रमको आयोजना गर्छन।

जब मान्छे आधुनिक युगमा प्रबेश गर्यो उसले हर किसिमका खोज अंबेषण र प्रयोग हरु गर्न थाल्यो। बिभिन्न औधोगिक क्रांति बैज्ञानिक खोज तथा प्रयोग र युद्ध नीतिले निर्मित आणविक हतियारको परीक्षणले हावा माटो र पानीमा बिशेष गरी असर गरेको देखिन्छ। यसको फल स्वरूप पृथ्वी मा डरलाग्दो समस्या Global Warming को दर बढ्न गयो र यो प्रक्रिया अझै बढ्दो दारमा छ। एक तथ्यांक का अनुसार Global Warming औसत 1.5f को दरमा बृद्धि भैरहेको छ।

बन जंगल फाड़ानी, बढ्दो जनसंख्या संगैको सहरिकरण अनी बिभिन्न किसिमका प्रदूषण, अम्लीय बर्षा, मौसम परिवर्तन जस्ता मुख्य समस्या पृथ्वीको हर कुनामा देखिन्छ। ऐसैलाई मध्यनजर गरदै संसारका विकसित देशले चासोका साथ यस विषयमा काम गर्दै आएका छन र साना देशहरुले पनि सहभागिता जनाउदै आएका छन।
असुरक्षित पृथ्वीको संकेत International Earth Day

हाम्रो देश नेपाल जस्ता प्राकृतिक सौंदर्य भएका देशहरुमा पनि global Warming, climate change, ozone layer depletion जस्ता समस्याको असर देखिन थाली सकेको छ।

प्लास्टिकको बढ्दो प्रयोग, पानीको अभाब, र बायु प्रदूषणले निम्तयाएको बिभिन्न रोगको कारण अकालमा ज्यांन गुमाउने मान्छे हरुको सङ्ख्याको कुनै लेखाजोखा गर्न मुश्किल अबस्थामा हामी सहजै अनुमान लगाउन सकिन्छ, जनाबर जीब जन्तु तथा जलचर प्राणिमा के बीती रहेको छ। बर्षेनी 8 million टन भन्दा बडी प्लास्टिक र अन्य फोहोर समुंद्रमा फ्यकीने गरेको तथ्यांकका आधारमा पनि समुंद्र कति सम्म प्रदूषण भएको छ बुझ्न सकिन्छ।

अब यो अबस्थामा सिंगो पृथ्वी को समस्या मानेर संसार भरका देश एक ढीक्का भएर नलाग्ने हो भने पृथ्वीमा जिबन जोखिम त यैसे बढेको छ र यो भन्दा भयानक स्थितिमा सिंगो जिबनको इतिहास पर्ने छ।
संसारका समूर्ण देश हरुले यस समस्यालाई अनुभब गर्दै Earth Day मनाउने क्रम मा यस समस्यालाई समाधान र रोकथाम गर्न सकिने नया नया योजना माथि पनि छलफल को आरंभ गरेका छन, यो सकारात्मक देखिन्छ।
 तर यही अबस्था को निरंतरता रह्यो भने बर्तमान स्थितिलाई मूल्यांकन गर्दै भबिस्य हेर्दा सताब्दी सँगै मानब जिबन, जनाबर तथा रुख बिरुवा को लोप हुदै जाने निश्चित छ।
#लक्ष्य

Saturday, April 21, 2018

लुलो लंगडो अबस्थामा हिन्दु धर्म

धर्म आफैमा गहन बिषय हो, यस बारेमा परापुर्ब काल देखी नै ब्याख्या विश्लेषण हुदै बर्तमान युग सम्म आई पुगेको छ र अझै पनि धर्मको बारेमा बोल्ने र धर्म प्रचार गर्ने पंडित हरुको कमी छैन किन की धर्म मानब जीबन को एक अभिन्न अंग हो।
हिन्दू धर्म में वैज्ञानिक गलतियाँ धर्म भनेको के हो हिन्दू धर्म के हो हिन्दु धर्म के हो वेद नेपालीमा हिन्दु धर्मको उत्पत्ति बौद्ध धर्म
लक्ष्मण 'लक्ष्य'

हरेक मानब जातीले एक न एक धर्म अपनाएको हुन्छ, सोही धर्मका केहि सारभूत तत्वहरुले उसको जीबन लाई जिबन्त तुलाएको हुन्छ र यैसे धर्मको बिस्वासमा जिबन स्वभाविक ढंगले अघि बढेको छ।

समग्र मा भगबान एउटै हुन भने पनि संसारमा साना ठुला जति सम्प्रदाय छन त्येतिनै धर्म का हाँगा रहेका छन जून सामाजिक तथा पौराणिक मान्यतामा आधारित छन।

खास गरी संसारमा चार धर्म हिन्दू क्रिस्टियन इस्लाम र जैन धर्म मान्नेहरु बिसेस गरी बड़ी संख्या मा देख्न सकिन्छ। ऐसै बीच संसारको पुरानो धर्म भनिने हिन्दू धर्म बर्तमान समयमा आएर सीमित देश र समुदायमा सीमित हुन पुग्नुमा थोरै ध्यानाकर्षण गर्न आबश्यक छ र यसलाई सही रूपमा बुझ्न आबश्यक छ।

हिन्दु धर्म मान्नेहरुको संख्या नेपाल र भारत रहे पनि हिन्दू धर्मका अबसेस र प्रमाणहरु संसार भारी नै भेट्न सकिन्छ जो तथ्यगत रूप मा बहीर आएको पनि छ। अब एसो भन्दै गर्दा संसारको एउटै तथा पुरानो धर्म किन सीमित देश तथा समुदाय मा सीमित रहन पुग्यो? यो जिज्ञासाको बिषय बनेको छ।
हिन्दू धर्म में वैज्ञानिक गलतियाँ धर्म भनेको के हो हिन्दू धर्म के हो हिन्दु धर्म के हो वेद नेपालीमा हिन्दु धर्मको उत्पत्ति बौद्ध धर्म

जुन कुनै धर्म पनि प्रसारित हुन र फैलिन भाषाले प्रमुख भूमिका खेल्छ, हिन्दु धर्म सस्कृत भाषा द्वारा प्रसारित छ लिपिबद्ध छ। र हिन्दू धर्म लाई गहिराई बाट बुझ्न हामी संस्कृत भाषामा पोख्त हुनै पर्छ। उसो त बर्तमान समयमा अनुबाद गरेका पुस्तकहरु पनि उपलब्ध छन तर यस्ता पुस्तक प्रतीकों आकर्षण शून्य देखिन्छ।

इतिहास हेर्दा पौराणिक युग ऋषिमुनि को गुरुकुल शिक्षा पद्धति बाट धर्मको पाठ परायण हुदै बर्तमान गुरुहरुको पाठसाला तथा सरकारी गैरसरकारी संस्कृत बिद्यालय सम्म आई पुग्दा कैएउ चरण पार गरी सकेको छ र यस बीचमा कैएउ धार्मिक गुरु, पंडित पुरोहितले धर्मको प्रचार गरेको पाइन्छ।

हिन्दू धर्म भित्रका देबता, बेद, भागबत, गीता, उपनिषद जस्ता गहन ग्रंथहरुले पनि हिन्दू धर्मलाई जटिल बनाएको छ र जो कोही सामान्य बुद्धिको मान्छेले ग्रंथ पल्टायेर अध्ययन गर्न पनि पूर्ण सामर्थ्य छैन। एस्तो स्थितिका बाबजूद ऋषि, धर्म गुरु, पंडित पुरोहितले आफ्नो अनुकूल ब्याख्या विश्लेषण गरीदीदा पनि हिन्दू धर्मीहरु अन्योलको धर्म धारण गरी भ्रममा धर्म अनुसरण गरेको अनुभव गर्न सकिन्छ।

धर्म अनुभूति र अनुसरण बाट नै जिबन्त हुने हो अन्यथा शब्द र ग्रंथमा मात्र सीमित रहन्छ। यदि कसैले त्यसको अध्ययन गरेर जिबनमा उतारेन भने धर्म लोप हुन पनि समय लाग्दैन। बर्तमान समय हिन्दू धर्म शब्द र ग्रंथमा सीमित देख्न सकिन्छ उसो त अझै कट्टर हिन्दू समुदाय नभएको पनि होइन, पूर्बिया दर्शन ऐसै हिन्दू धर्ममा आधारित छ।
हिन्दू धर्म में वैज्ञानिक गलतियाँ धर्म भनेको के हो हिन्दू धर्म के हो हिन्दु धर्म के हो वेद नेपालीमा हिन्दु धर्मको उत्पत्ति बौद्ध धर्म

अब यो समयमा आएर हिन्दु धर्मको बारेमा ब्याख्या गर्नु अतिनै कठिन बन्न पुगेको छ किनकी मान्छेहरुले हिन्दू धर्मको जरो छोड़ी सकेको अबस्था छ र यथार्थ रूपमा भन्नै पर्छ।

यसको याबत कारण मध्य भाषा को विकासक्रम पनि एक मुख्य कारण रहन जान्छ। जसरी संस्कृति भाषा बोलीचालि तथा लेखाईको माध्यम बाट लोप हुदै गयो अन्य भाषा तथा परम्पराहरु हिन्दू धर्म तथा समुदाय माथि हाबी हुदै गयो।

संस्कृत भाषा तथा हिन्दू सम्प्रदायको आडमा बाचेको हिन्दू धर्म, हिन्दू धर्म मान्नेहरुको आधुनिकता सँगै कमजोर बन्दै गयो। आफ्नै धर्ममा नया कुराहरुको अनुसन्धान र प्रयोग नहुनु र अन्य समाज बाट आयात हुने बस्तु तथा सेबा बाट हिन्दू समाज अछूतो नरहनु नै धर्म कमजोर बन्नुको कारण बन्न पुग्यो भन्न सकिन्छ।

जसरी अन्य धर्म तथा समुदायको सिर्जना र त्यसको आकर्षण संग मान्छे सम्झौता गर्न पुग्छ कही न कही आफ्नोपन उसले छोड़ी सकेको हुन्छ। र बर्तमान समयमा आई पुग्दा हिन्दू धर्म बाटो बिराएको बटुवा जस्तो अबस्थामा पुगेको छ।

यसो भनि रहदा अब हिन्दू धर्म धरासायी भयो भन्न पनि सकिदैन तर जरूर लुलो लंगड़ों धर्म रहेर पक्कै रहन्छ केहि शताब्दी।
र धर्मको नाम मा बिभिन्न संघ र पंडित हरुको धर्म बचाउ अभियान द्वन्दात्मक हिसाबले चली रहन्छ। नया पीडी अन्य धर्म तीर आकर्षित हुने दर बढ्ने छ भने केहि ब्यक्तित्तोहरु फेरी हिन्दू धर्मलाई परिमार्जित गर्दै नया मान्यता सहितको नया सभ्यता बिकास गर्न तिर उन्मुख हुनेछन।
#लक्ष्य

Friday, April 20, 2018

अनाबस्यक चर्चा बटुल्न शिक्षाको नारा


राणाकालीन समयमा सर्ब साधारण जनताका छोरा छोरीलाई पढ़ने बाताबरण थिएन किन की जनता का छोरा छोरी जान्ने बुझ्ने भए भने राणा शासन लाई खतरा हुन्छ।

र अहिले पनि ठयाक्कै उस्तै सर्बसाधरण जनता का छोरा छोरीलाई गुणस्तरीय शिक्षा सहजै उपलब्ध छैन र उपलब्ध शिक्षा प्रयोगात्मक छैन जसको उपलब्धि ले जीविकोपार्जन मा कुनै मेल राख्दैन।
जस्तो एक समय माओबादी ले नि सरकारी पढाईलाई बुर्जुआ शिक्षाको दर्जा दिई सोझा जनताको राम्रै मन जितेको थियो।

गाउका सामान्य प्राथमिक तथा माध्यमिक विद्यालयको शैक्षिक स्तर सबैलाई बिधितै छ र ऐसैलाई मध्यनजर गर्दै निम्न बर्गका जनताहरु पनि आफ्नो कमाई पूर्ण रुपमा आफ्ना कलीला छोरा छोरीको पढ़ाई मा खर्चेको देख्न सकिन्छ।

ऊनि हरु जति शुल्क लागोस सरकारी भन्दा प्राइभेट बोर्डिंगहरुमा  आफ्ना छोरा छोरी पढाउन चाहन्छन, किन की हुने खानेहरु पनि उनका छोरा छोरीको भविष्य बोर्डिंग स्कूल मै देख्छन र बर्तमान समयमा सरकारी बिद्यालयमा भन्दा राम्रो गुणस्तरीय शिक्षा प्राइभेट बिद्यालयले नै दिएको अत्यधिक देखींन्छ।

अब यो समय मा सरकार सरकारी बिद्यालय मा भर्ना अभियान चलायेर गाउ गाउँमा ढोल पिटेको देख्दा लाग्छ, सर्बसाधरण जनता तिम्रा छोरा छोरी सरकारि मैं पढाउ बोर्डिंग भनेको हाम्रा र राम्राको लागि मात्र हो। किन की तिम्रा छोरा छोरी जान्ने भये भने हाम्रो छोरा छोरीको स्तर उचों रहन्न।

अब सरकार की बोर्डिंग स्कूल लाई सरकारीकरण गरोस या पूर्ण बन्द गरोस निम्न भन्दा निम्न बर्गका बालबालिका लाई पनि समान शिक्षा निषुल्क या सहूलियत मा प्राप्त गर्न सक्ने बाताबरण सिर्जना गरोस।

होइन भने शिक्षामा त्यति बेला सम्म स्वतन्त्रता दियोस जति बेला सम्म सर्बसाधरण जनता सरकारी बिद्यालय को शिक्षा देखेर आफै आफ्ना छोरा छोरी भरना गर्न सरकारी बिद्यालय प्रति उत्सुक हुन, र त्यों बेला सम्म सरकार शिक्षा मा सुधार ल्याओस, शिक्षा मा हुने जति पनी भ्रष्टाचार छ तेसलाई पुर्ण रूप मा कड़ाई गरोस।

अनाबस्यक चर्चा बटुल्न शिक्षाको नारा लगाउनु पर्ने केहि आबश्यक देखिदैन, अभिभावक आफै जागरूक छन आफ्ना छोरा छोरीको भबिस्य काहा उज्जल छ उनीहरु त्यसको मूल्य चुकाउन तयार छन, तर छोटा र निम्न आस्बासन ले निम्न बर्गीय बालबच्चाहरु सरकारी खेल को अस्वस्थ शिक्षा लियर भबिस्य निम्न स्तरको श्रमिक को लागि बेच्न नपरोस।
#लक्ष्य