Sunday, September 27, 2020

आज बिस्व पर्यटन दिबस, Tourism for Inclusive Growth यो वर्षको नारा


लक्ष्मण 'लक्ष्य'

हरेक बर्ष आज कै दिन (September 27 )मा विश्व भर मनाइने बिस्व पर्यटन दिबस नेपाल मा पनि  मनाइदै छ। 

Covid 19 को मार मा थला परेको बिस्व पर्यटन ब्यबसाय नेपालमा पनि नराम्रो संग थलियको छ। नेपालको कुल ग्रहस्थ उत्पादनको ६ दशमलव ७ प्रतिशत योगदान दिदै आएको पर्यटन क्षेत्रले ११ लाख रोजगार नेपालमै सृजना गरेको पनि दाबी गरिन्छ तर पर्यटनको क्षेत्रमा सोचे जति बिकास भने अझै हुन सकेको छैन।



कोरोना माहामारी ले पर्यटन क्षेत्र थलीय पनि
नेपालको पर्यटनलाई उकास्न  सरकारले 'पर्यटनको लागि हाम्रो देश, घुमौ देश, चिनौ परिबेश' भन्ने नाराका साथ पर्यटन पुनरुत्थान को अभियान पनि सुरु गरेको छ। यो एक सकारात्मक पहल कदमीको रुपमा लीन सकिन्छ।


अबको समय हामि आ आफ्नो स्थान बाट हाम्रो परिबेशमा रहेका पर्यटकीय गंतव्य को खोजी तथा सम्भाब्यता अध्ययन गर्नु अति आबश्यक छ।



अहिले को अवस्था मा जब सम्म हामि आन्तरिक पर्यटन को प्रबर्धन गर्दैनौ तब सम्म बिदेशी पर्यटक भित्राउन र आकर्षित गर्न सक्दैनौ एसर्थ हामि आफै ले पहल कदमी गर्नु पर्ने देखिन्छ।



पछिल्लो समय नेपाल कै पर्यटकीय गंतव्यको रुपमा चिनीदै आएको पर्बत जिल्ला को पर्यटकिया भबिष्य उज्जल देखिन्छ। यहां का अग्ला लामा झोलङ्गे पुल, गुफा , नदी, हरिया डाँडाकाडा तथा पदमार्ग गर्न लायक लेक हरू र साथै अहिले सम्पन्न बंजी जम्प पर्बतको बिसेस आकर्षण रहेको छ।



अबको समय हामि जति सक्दो बाह्य पर्यटक हरू नेपाल भित्राउने र आफ्नो जिल्ला ले त्यसबाट फाइदा लिने समय हो, आंतरिक पर्यटन को जति सक्दो प्रबर्धन गर्ने कार्यक्रम गर्न सके पक्कै पनि आउने दिन हरुमा पर्यटन क्षेत्र ले फड़को मार्ने थियो।





Sunday, September 20, 2020

एक नया काम को सुरुवात Kalanjar Farm Stay पर्बत जिल्ला मैं Agro- Tourism Destination बन्न सक्ने




लक्ष्मण 'लक्ष्य'


पर्बत कुस्मा नगरपालिका १ पांग को युबा हरू मिलेर नया सोच का साथ सुरु गर्न गई रहेको कालंजर फार्म स्टे ले थप आकर्षण थप्ने भएको छ।



समुन्द्रिक सतह बाट करीब १९५० मीटर को उचाई मा स्थित यस पांग पुलामी स्वरा कुस्मा बाग्लुंग सड़क खण्ड बाट 2 घण्टा को दुरिमा पर्दछ।



साथी नारायण आचार्य सहित को टीम ले agro - tourism concept मा आधारित यस काम को थालनी गरेको भन्ने खबर पाए पछी  Discover Parbat सँगै हामि त्यहा पुगेको थिएउ, 



कुस्मा पर्बत लगायत बाग्लुंग बजार र अन्य डाडा काडा हरुको पनि मनमोहक दृश्य अबलोकन गर्दै अर्गानीक परिकार को समेत स्वाद लीन पाइने तथा कृषि र पशुपालन ब्यबसाय लाई आधुनिकता दिने मुख्य उद्देश्य का साथ सुरु गर्न थालियेको यस ब्यबसाय अहिले प्रारंभिक चरण मै छ, 



सरकारी अनुदान अहिले नलिएको र जति सक्दो स्थानीय स्रोत साधन कै प्रयोग गरेर ब्यबसाय अघी बढाउने कुरा नारायण आचार्य बताउछन।



हामी ले हाम्रै ठाउँमा बसेर पनि कृषि क्षेत्र बाट पर्यटन ब्यबसाय गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भबिष्यमा यो पनि बन्न सक्ने छ। नारायण आचार्य र उहाँको टीम लाई शुभकामना।



thank you for your warm welcome and we wish all the best Narayan Achary and friends.


Monday, September 14, 2020

बाल दिबसको औचित्य के, बाल अधिकार बाट बंचित छन बालबालिका

 


लक्ष्मण 'लक्ष्य'

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा मनाउन थालिएको राष्ट्रीय बाल दिबस अघिल्लो बर्ष जस्तो बिबिध कार्यक्रमका बीच मनाएको देख्नमा आएन।




कोरोना माहामारिका कारण बालबालिकाहरूको लागि ल्याइने कतिपय सरकारी तथा गैर सरकारी कार्यक्रमहरू यस बर्ष पूर्ण रुपमा  हुन पाएका छैनन।
एद्दपि,
विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस बर्ष पनि राष्ट्रिय बाल दिवस २०७७ यदा कदा मनाइँदै छ ।

कोरोना माहामारीका कारण यस बर्ष बालबालिका हरू शिक्षा को अधिकार बाट बंचित नै भएको जस्तो अबस्था छ, स्कूल विद्यालय हरू पुर्ण सुचारू हुन नसक्दा बालबालिका घर मै बस्न बाध्य छन र यो सँगै उनिहरुको पढ़ने बानी हराउने र मानसिक रूप मै अस्वस्थ हुने हुन की भन्ने चिंता पनि थपीएको छ।




हरेक बर्ष बाल अधिकारका विषयमा सरकारी स्तर मैं बहस हुने गरेतापनि बालबालिकाको क्षेत्र मा ठोस कदम चालेको पाईदैन, केहि योजनाहरू बजार क्षेत्रमा मात्रै सिमित रहने र गाउ तथा दूर दराजमा रहने बालबालिकाहरू सम्म पुग्न नसक्ने एक समस्या रहदै आएको छ। 




बालबालिका को मनोभावना नबुझ्नु र उनीहरु प्रति हुने गरेका यातना, बाल श्रम तथा अन्य सामाजिक कुरीति हरू प्रति चासो नादिनुले दिनानुदिन बालबालिका कुलतको सिकार हुदै गएको गाउ समाजमा प्रष्ट देख्न सकिन्छ तर उनीहरुको उद्दार तथा चेतना बिकाश गर्ने कुनै पनि कार्यक्रम हुने गरेको पाईदैन।

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

https://youtu.be/t3VekIiOr0Y

बाल दिबस का नाम मा सामान्य कार्यक्रममा गरिने भाषण होइन संबंधित क्षेत्र मै पुगेर बालबालिका को हितका कार्यक्रम चलाउन सके मात्र बाल दिबस को औचित्य हुने थियो।


Thursday, September 10, 2020

पर्बत कुस्माको पांङमा पार्बती गुफा, संरक्षण र प्रबर्धनको आबस्यकता (फ़ोटो सहित)

 


लक्ष्मण लक्ष्य

पर्बत जिल्ला को कुस्मा नगरपालिका वार्ड नं १ र २ पाङ खुर्कोट को सिमा मा पर्ने यस पौराणिक महत्व बोकेको पार्बती गुफामा हाल मन्दिर निमार्ण भएको छ, पौराणिक कालमा माता पार्बती ले यस गुफा मा आई तपस्या गरेको भन्ने किंबदंती स्थानीय जनमानस मा रही आएको छ। श्री पार्बती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समिति ले यस गुफा को संरक्षण तथा प्रबर्धन गर्दै आये पनि यस बारे सबै मा जानकारी पुग्न सकेको छैन।







 हालै सम्पन्न बाग्लुंग पाङ अदुवाबरी झोलङ्गेपुल देखी १ घण्टा पैदल तथा सहस्रधारा देखी ४५ मिनट को दुरिमा पर्ने यस गुफा क्षेत्र को संरक्षण र प्रबर्धन गर्न सके यस गुफाको महत्व अझै बडेर आउने थियो।