Friday, August 23, 2019

प्रेम, राजनीति र अध्यात्मको पूर्ण जोड भगवान श्रीकृष्ण

~लक्ष्मण लक्ष्य 
 
हिन्दु धर्म मै सबै का प्रिय भगवान श्री कृष्ण भगवान को आज जन्म दिबस परेको छ, भगवान श्रीकृष्णको राति को १२ बजे पिता बासुदेब र माता देबकी को गर्भ बाट कंशको कारागार मा हास्दै हास्दै जन्म भएको थियो जुन दिन लाई बर्तमान मा पनि हिन्दु हरु ले कृष्ण जन्माष्टमी पर्वको रुपमा धुमधाम का साथ मनाउदै आएका छन!
हिन्दु धर्ममा  कोहि देवताले पूर्ण रुप मा जिबन लाइ उत्सबमय बनाउन प्रेरित गरेका छन् भने ति देवता भगवान श्री कृष्ण हुन/

हामी हिन्दु मात्र नभएर अन्य धर्म मा पनि कृष्ण लाइ महत्तोका साथ लिएको पाइन्छ र कृष्ण र अर्जुन को सम्बाद को रुप मा प्रस्तुत प्रसिद्ध ग्रन्थ गीता संसार ले अपनाएको छ/

बर्तमान अवस्था मा यदि हिन्दु धर्म लाइ अपनाउने हो भने भगवान कृष्ण का हर उपदेश लाइ पालना गर्नु उपुक्त हुन्छ, प्रेम राजनीति र आध्यात्मलाइ को सन्तुलन बाट हामि जिबन लाइ कसरि अर्थ पूर्ण बनाउन सकिन्छ भन्ने कुरा को बोध गर्न सकिन्छ/

जिबन का हर परिस्थिति मा पनि संयमित रहेर समस्या को समाधान गर्नु र पूर्ण रुप मा उत्सब मनाउनु जिबन को सहि अर्थ हो भन्ने शिक्षा भगवान कृष्ण को चरित्र बाट सिक्न सकिन्छ/

प्रेम राजनीति र अध्यात्म को पूर्ण जोड भगवान श्रीकृष्ण को जन्मोत्सव मा सम्पूर्ण मा हार्दिक शुभकामना!!!!!

Saturday, January 12, 2019

आपसी मतभेदमा पार्टी टुक्राउने बिबेकसिल साझा पनि उस्तै

laxmanlakshya.blogspot.com
लक्ष्मण 'लक्ष्य'

देशको राजनीतिक धरातलमा बिभिन्न मतभेद इतिहास देखी नै रहदै आएको छ, यसै धरातलमा टेकेर देशको परिबर्तन गर्छु भन्ने राजनीतिक पार्टी नेपाल मा च्याउ सरह न उम्रेका होइनन तर पार्टी मात्रै उम्रेर देश र जनता को मुहार फेरिने चाइ पक्कै होइन।

 बर्तमान मा आउदा पनि हामीले र हाम्रो पुस्ताको अग्रज हरुले बेहोरेका पुराना पार्टी नै देशका खम्बा हुन भन्न सकिन्छ, इनै पार्टिले बर्तमान सम्म पनि देशको दलिन थामेका छन। देशमा बस्दै गर्दा देशको दलिनमा धमिरा लागेको देख्दा नया पुस्ताले नया देशको नक्सा कोर्नु स्वभाविक हो। एसो हुदै गर्दा पुराना जरो गाडेका पार्टी हरु आफु हरु कमजोर भएको र देश धरासाई हुन लागेको महसूस नै गर्न सकेनन र पुरानै शैली मा उभिई रहे यो नया पीढ़ी लाई पटक्कै मन नपरेको कुरा हो तर बिडम्बना टूलू टूलू हेर्न बाहेक अरु कदम चाल्न सकी रहेको अबस्था छैन।

ऐसै बीच मा नया धारको राजनीति गर्ने र देशको नया खम्बा बन्ने दाउमा उदाएका पार्टी मध्य बिबेकसिल साझा एउटा बलियो प्रतिस्पर्धी को रुपमा देश र जनता बीच उभिएको थियो। यस अघिको चुनाबमा तराजू चीन्ह लिई एकै ठाउँमा उभिएको बिबेकसिल साझा पार्टीका संयोजक उज्वल थापा र रबीन्द्र मिश्र लगाएत अन्य बुद्धिजीवी सहित केहि नया जोश र ऊर्जा बोकेको युबाशक्तिको जमातले केहि परिबर्तन अबश्य ल्याउछ की भन्ने आशा जनता ले गर्न थाली सकेको थियो।

देश बनायेरै छोड्ने हो, सम्ब्रिद्धि हेरेरै मर्ने हो,
अबको आशा बिबेकसिल साझा भन्दै जनताको मन लाई खुल्दुली त गरायो तर नेपालको राजनीतिक परंपरा ले यिनी हरुलाई नी फुटको राजनीति तर्फ धकेल्यो यिनी हरु फुट्न पुगे।

आपसी मतभेदमा देश परिबर्तन को उद्देश्य भुल्नु र आफ्नो बिचार माथि लगाम नलगाउनु अन्य पार्टी जस्तै बिबेकसिल साझाको कमजोरी रह्यो भन्न सकिन्छ। साझा उद्देश्य नै देशको हो भने ब्यक्तिगत मनासाय ले कसरी द्वन्द्व उत्पन्न गर्छ? उसो त कुनै पनि देश को पूर्ण जनताले चाहे अनुसारको देश कुनै पनि बनेको छैन तर देश काल परिस्थितिको माग लाई हरेक राजनीतिक पार्टिले बुझेर त्यसै अनुरूपको कार्यक्रम ल्याउनु पर्ने हो।

 यहाँ आफ्नो ब्यक्तिगत विचारको बाहुल्य नहुने र उक्त विचारको कदर नहुने देखियमा आफु ले काम बाट हात नै झिक्ने नराम्रो प्रब्रिति छ जसले देश अझै पछि परेको बुझ्न सकिन्छ।

लक्ष्य सबै को एउटै हो तर कुन मार्ग पछाउने भन्ने बहस र द्वन्द ले लक्ष्य मैं नपुगी यात्रा टूंगाउन पर्ने स्थिति सबै मा छ। बर्तमान बिबेकसिल साझा पार्टी मा यस्तै देखियो।

 हामी एहि आसा गरौ की जून कुनै देश को राजनीतिक पार्टिले देशको राजनीतिमा नया आयाम थपोस तर देशको आगामी बिकाशका कार्यमा बाधा नबनोस।